Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको मूल्य निर्धारणका लागि समिति गठन

४ चैत्र २०८१, सोमबार ०९:५८

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्ष अगाडि बन्द भएको स्मार्ट टेलिकमको मूल्य निर्धारण प्रक्रिया अगाडि बढाएको छ ।

चैत ४ गते सूचना जारी गर्दै समितिमा बस्ने इच्छुक सदस्यहरुसँग आशयपत्र माग गरेको हो। प्राधिकरणले २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र बक्यौता तिर्न नसक्दा खारेज भएको थियो।

अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली बमोजिम मूल्य निर्धारण समिति गठन गर्न आह्वान गरेको छ।

समिति गठन गर्नका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट चाटर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरेको र सोही क्षेत्रमा १० वर्ष लेखापरीक्षकको रूपमा काम गरेको व्यक्तिले आवेदन गर्नसक्ने प्राधिकरणको सूचनामा उल्लेख छ ।

साथै प्राधिकरणले ७ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनुपर्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्