Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको मूल्य निर्धारणका लागि समिति गठन

४ चैत्र २०८१, सोमबार ०९:५८

काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्ष अगाडि बन्द भएको स्मार्ट टेलिकमको मूल्य निर्धारण प्रक्रिया अगाडि बढाएको छ ।

चैत ४ गते सूचना जारी गर्दै समितिमा बस्ने इच्छुक सदस्यहरुसँग आशयपत्र माग गरेको हो। प्राधिकरणले २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र बक्यौता तिर्न नसक्दा खारेज भएको थियो।

अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली बमोजिम मूल्य निर्धारण समिति गठन गर्न आह्वान गरेको छ।

समिति गठन गर्नका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट चाटर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरेको र सोही क्षेत्रमा १० वर्ष लेखापरीक्षकको रूपमा काम गरेको व्यक्तिले आवेदन गर्नसक्ने प्राधिकरणको सूचनामा उल्लेख छ ।

साथै प्राधिकरणले ७ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनुपर्ने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्