Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित

४ चैत्र २०८१, सोमबार १०:५०

काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ पारित गरेको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गरयोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो।

राष्ट्रियसभाको सोमवारको बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भट्टराईले यस्तो बताएकी हुन्। उनले आँखा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्न आवश्यक रहेको समेत बताइन्।

उनले विधेयकमा विश्वविद्यालयको संगठन, सम्पती व्यवस्थापन, नेतृत्व र संचालकहरुको छनोट समावेशी समावेशी बनाउनेलगायत प्रबन्ध गरिएको बताइन्।

प्रतिक्रिया दिनुहोस्