Trending
राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएको छ : प्रभु साह     |     अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु     |     भब्य सेटमा ‘क्याप्टेन साब’को छायांकन     |     यी प्रदेशमा भारी वर्षाको पूर्वानुमान     |     आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक     |     डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल?     |     कर्णाली प्रदेश खेलकुद महासंघको अध्यक्षमा प्रमोद हमाल सर्वसम्मत निर्वाचित     |     कर्णाली–सुदूरपश्चिमका ९७ हिमालमा पर्वतारोहण दस्तुर दुई वर्षका लागि हटाइयो     |     बडिमालिका मन्दिरतर्फ कालिकोटबाट पहिलोपटक सरकारी टोली डोलीसहित प्रस्थान     |    
खेलकुद

ह्विलचियर बास्केटबलको सेमिफाइनल समीकरण पूरा

५ चैत्र २०८१, मंगलवार ०८:१८

काठमाडौं। नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबारबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सम्पूर्ण खेल सम्पन्न भएसँगै सेमिफाइनल प्रवेश गर्ने महिला तथा पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।

पुरुषतर्फ समूह ‘ए’ बाट आर्मी समूह विजेता र एपिएफ उपविजेता हुँदै अन्तिम चारमा प्रवेश गरेका छन्। आर्मीले तीन खेलमा तीन जित हासिल गर्दा आर्मीसँग एपिएफ पराजित हुँदै उपविजेता बन्यो।

अर्को समूहबाट आयोजक एनएससिआइए समूह विजेता र बिआइए उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। अब सेमिफाइनलमा आर्मीले बिआइए र एपिएफले एनएसिसआइएसँग खेल्नेछ।

महिलातर्फ समूह ‘ए’ बाट राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान) र आयोजक टोली एनएससिआइए सेमिफाइनलमा प्रवेश गरेका छन्। अर्को समूहबाट डब्ल्युएसए विजेता तथा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जिडब्युएससी) उपविजेता हुँदै सेमिफाइनल यात्रा तय गरे।

प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाका अनुसार सेमिफाइनलमा अब डब्ल्युएसएले एनएससिआइए र निडवानले जिडब्युएससीसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशसभासदस्य लक्ष्मी घिमिरेले गरेकी दिइन्। एनएससिआइए अध्यक्ष देवी आचार्यले सभाअध्यक्ष ग्रहण गरिन्। यस्तै, अन्य विशेष अतिथि उपस्थित थिए।

प्रतिक्रिया दिनुहोस्