Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

आजपाद्धारा घोषित तेस्रो जनअन्दोलनको कमाण्डर तोक्न पदाधिकारी बैठक बस्दै

५ चैत्र २०८१, मंगलवार ०८:२३

काठमाडौं। आम जनता पार्टी (आजपा)को पदाधिकारी बैठक बुधबार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बस्ने पदाधिकारी बैठकले पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलनलाई सफल बनाउँन विभिन्न कमाण्ड तोक्नुका साथै समसामयिक बिषयमा समेत महत्वपूर्ण निर्णय गर्दैछ ।

आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशमा देखिएको वर्तमान संकटको जड नै अहिलेको दलाल दलतन्त्र भएको बताए । उनले दलिय गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन तेश्रो जनआन्दोलन आवश्यक भएको बताए ।

आजपाले २०८० साल चैत २४ तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो । दलिय दलाल दलतन्त्रले दल, नेता तथा नेताका आसेपासे मोटाएको र जनतामा निराशा छाएको निष्कर्ष निकाल्दै आजपा अध्यक्ष साहले तेस्रो जनआन्दोलनको आवश्यक्ता रहेकाले जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलनको उदघोष गरेका थिए ।

‘अहिले लुटकारी दलाल दलतन्त्रको हालीमुहाली छ । दलका सिमित नेता र तिनका आसेपासे मोटाएका छन् । लुट-भ्रष्टाचार, कुशासन, अनियमितता, मनोमानी बढदै गईरहेको वर्तमान अवस्थामा जनताको शासनका लागि तेस्रो जनआन्दोलनको बिकल्प छैन्’, आजपा अध्यक्ष साहले भने, ‘अब जनताको गणतन्त्रका लागि हामी सडकमा आउनैपर्छ । भ्रष्ट दलिय व्यवस्थाको खारेज गर्नैपर्छ ।’

आजपाले आउदो २४ चैतमा काठमाडौंको भृकुटीमण्डपमा विरोधसभा र प्रदर्शन गर्न लागेको छ । त्यसैको पूर्वसन्ध्यामा बस्न लागेको पदाधिकारी बैठकले आन्दोलनलाई सफल बनाउने बारेमा रणनीति तय गर्ने बताइएको छ ।

आजपाले विगतदेखी नै भ्रष्टाचार, कुशासन, अनियमितता, सरकारको मनोमानी कर आतंक, बैदेशिक रोजगार ठगी लगायतका विषयमा निरन्तर संघर्ष गर्दै आएको छ । बैठकमा विगतका आन्दोलनको समिक्षाका साथै अगामी आन्दोलनलाई शसक्त बनाउने बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्