Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक सभा सम्पन

५ चैत्र २०८१, मंगलवार ११:३८

काठमाडौँ। शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक सभा श्री मा. सोमनाथ अधिकारी “प्यासी” को अध्यक्षतामा बिभिन्न प्रतिवेदन पारित गरी सम्पन भयो।

शहिदहरूको सम्झनामा २०६२/२०६३ को जनआन्दोलन पस्चात शहिदहरूको सम्झनामा स्थापित सहकारीले अस्पताल र शैक्षिक कार्यक्रम संचालन गरेको छ। कार्यक्रमको संयोजन बरिष्ठ अधिवक्ता ओम थपलियाले गर्नू भएको थियो। भने स्वागत मन्तव्य शहिद स्मारक कलेजका अध्यक्ष निल कृष्ण ताम्राकारले दिनु भएको थियो।

शहिद मेमोरियल अस्पताल अध्यक्ष प्रा. डा. गणेश मान गुरुङले स्वास्थ्य जस्तो संवेदनशील विषयमा १८ बर्ष सम्म निरन्तर रुपमा सेवा ग्राहीहरु मन जित्न सक्नु, देशमा रोजगारी नपाएर बिदेश भोतारीरहेको दक्ष युवाहरूलाई दैशमै रोजगारी प्रदान गरि राज्य थोरै भ ए पनि टेवा दिन मात्र नभई हजारौ बिरामीहरूको सेवा समर्पित हुन पाउनु एक जिम्मेवार नागरिकको कर्तव्य पुरा भएको अनुभुती रहेको हुदाॅ आगामी दिनहरूमा अस्पताल सेवालाई थप विस्तार गरिदै लगिने कुरामा जोड दिनुभयो।

कार्यक्रममा १५ बर्ष काम गरेका उत्कृष्ट कर्मचारीहरुको कमला शर्मा, पद्ममा शोभा ढङ्गोल, उमा देवी श्रेष्ठ, हिरा देवी के. सी, ईन्द्र बहादुर विश्वकर्मालाई नगद सहित सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्