Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

बार चुनावमा लोकतान्त्रिक, प्रगतिशील र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी गठबन्धन

५ चैत्र २०८१, मंगलवार १४:४४

काठमाडौं। नेपाल बार एशोसिएसनको निर्वाचन यही चैत्र २३ गते हुने भएको छ।

यस निर्वाचनलाई लक्षित गर्दै नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन, र राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठन बीच गठबन्धन बनेको छ।

तीन संगठनका महासचिव ज्ञानेन्द्र प्रसाद अधिकारी (नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन), अमर थापा (प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन), र ठाकुर प्रसाद आचार्य राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै बार चुनावमा एउटै मोर्चाबाट अघि बढ्ने घोषणा गरेका छन्।

‘न्यायापालिकामा आमुल सुधार र परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकतालाई महसुस गर्दै, करिव दश वर्ष संवैधानिक अभ्यासको पुनरावलोकन गरी संविधान संसोधन समेत गर्नुपर्ने र नेपाल बार एशोसिएशनको नीतिगत, संरचनागत र संगठनात्मक स्वरुप समेत परिवर्तन गर्न विधान संसोधनमा अधिकतम वखतमा बलियो कार्यसमिति निर्माण गर्न सतत् उद्देश्यका साथ हामीहरु एकै ठाँउमा उभिएको कुरा सगौरव अनुरोध गर्न चाहान्छौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।

तीन संगठनले न्यायपालिकाको विकृति, विसंगतीको अन्त्य गर्न र न्यायपालिकाको जनअस्था अभिवृद्धी गर्नका लागि बलियो बार, बलियो प्रभाव र ससक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने ऐतिहासिक कार्यभार पूरा गर्ने प्रतिवद्धता पनि जनाएका छन् । बारको चुनावमा यी संगठनबाट प्रा. डा. व. अ. विजय प्रसाद मिश्र अध्यक्ष र महासचिव व. अ. केदार प्रसाद कोइराला मैदानमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्