Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

बिवाइडी: अब मात्र ५ मिनेटमा चार्ज, ४०० किमी यात्रा गर्न सकिने

६ चैत्र २०८१, बुधबार १२:०७

काठमाडौँ। चिनियाँ विद्युतीय कार निर्माण कम्पनी बिवाइडीले नयाँ चार्जिङ सिस्टम ल्याएको छ । यो चार्जिङ सिस्टमबाट अब विद्युतीय कारमा पेट्रोल भरे झै छिटो चार्ज गर्न सकिने कम्पनीले नयाँ दाबी गरेको छ । कम्पनीले पहिलो पटक चीनभर चार्जिङ नेटवर्क बनाउने घोषणासमेत गरेको छ ।

द गार्डियनको रिपोर्टका अनुसार ‘सुपर ई–प्लेटफर्म’ नामक यो प्रणाली १ हजार किलोवाटको चार्जिङ गतिमा चार्ज गर्न सक्षम हुनेछ । यो प्रयोग गर्ने कारहरूले पाँच मिनेट चार्जमा ४०० किलोमिटरसम्म निर्धक्क यात्रा गर्न सक्ने छन्। कम्पनीका संस्थापक वाङ चुआनफुले मार्च १७ मा लाइभ स्ट्रिमिङ कार्यक्रममा यो दाबी गरेका हुन्।

यदि कम्पनीको प्रणालीले १ हजार किलोवाटको चार्जिङ गति प्रदान गर्दछ भने यो टेस्लाको सुपरचार्जर भन्दा दुई गुणा छिटो हुनेछ। टेस्लाको पछिल्लो संस्करणले ५०० किलोवाटसम्मको चार्जिङ गति दिन्छ। फास्ट चार्जिङ टेक्नोलोजीलाई विद्युतीय कारहरू थप लोकप्रिय हुने ठानिएको छ ।

द गार्डियनको रिपोर्टका अनुसार यो समाचारले पहिलेदेखि नै संघर्ष गरिरहेको टेस्लालाई थप समस्यामा पार्न सक्ने देखिएको छ। हाल टेस्ला मालिक एलन मस्कको स्टक गत मार्च १० मा मात्र १५ प्रतिशतले घटेको थियो ।

टेस्लाको बजार मूल्य डिसेम्बरमा १.५ ट्रिलियन डलरको कीर्तिमानी उच्च पुगेको थियो तर त्यसयता झण्डै आधाले घटेको छ। यसले बिवाइडी र अन्य चिनियाँ कम्पनीहरूद्वारा उत्पादित थप किफायती इभी मोडलहरूसँग बढ्दो प्रतिस्पर्धाको सामना पनि गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्