Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

कालिन्चोकको टापुमा फेसन रनवे

७ चैत्र २०८१, बिहीबार ०३:५८

काठमाडौँ। ब्राईट इभेन्ट म्यानेजमेन्ट दोलखाले आयोजना गरेको एन प्लस कालिन्चोक फेसन रनवे–२०८१ को मुख्य स्टपरको रुपमा बरिष्ठ अभिनेत्री करिश्मा मानन्धर रहनु भएको प्रोप्राइटर राजन बुढाथोकीले बताए ।

तीन हजार आठ सय ४२ मिटरको उँचाइमा रहेको कालिन्चोक टाँकुरामा आयोजना भएको यो कार्यक्रम नेपालमै पहिलो रहेको प्रोप्राइटर बुढाथोकीको भनाई छ।

प्रसिद्ध कालिन्चोक भगवती मन्दिर र कालिन्चोकबाट देखिने हिमश्रृङ्खलाहरुको थप पर्यटकी प्रमोशनको लागि कार्यक्रम आयोजना गरिएको बुढाथोकी बताउँछन् । एन प्लस कालिन्चोक फेसन रनवे– २०८१ मा ३० जना मोडलहरुले सहभागिता जनाएको आयोजक ब्राईट इभेन्ट म्यानेजमेन्ट दोलखाले जनाएको छ।

कार्यक्रममा बरिष्ठ अभिनेतृ करिश्मा मानन्धरसंगै मिस ग्राण्ड पेमा लामगाडे, फाेर्थ रनरअप मिस युनिभर्स नेपाल २०२४ तथा बहिरा कलाकार सुजल बम, म्यानहन्ट इन्टरनेश्नल– २०१२ सनिस शाक्य लगायतको सहभागिता रहेको थियो । ब्राईट इभेन्ट म्यानेजमेन्ट दोलखाले सन् २०१८ मा जिल्लामै पहिलो पटक मिस दोलखाको समेत आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्