Trending
चीनमा पहिलोपटक रोबोट हाफ–म्याराथन सम्पन्न     |     राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारको आवेदन दिने भोलि अन्तिम दिन     |     ‘वैदेशिक रोजगारमा कानून विपरित भइरहेको लाखौं असुलीबारे दुई तिहाईको सरकारलाई थाहा छ की छैन् ?’…     |     गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न सर्वोच्चमा पूरक निवेदन     |     देश विकासमा पूूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री     |     सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुुस् : प्रधानमन्त्री     |     चलचित्र ‘के घर के डेरा : घर नं २’ ‘के घर के डेरा’को सिक्वेल हो…     |     सिक्किममा निश्चललाई स्वर्ण     |     पत्रकार सुरेश रजक हत्या प्रकरण : उच्चस्तरीय छानविन गठन गर्न प्रेस संगठनको माग     |     सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?     |    
समाचार

कालिन्चोकको टापुमा फेसन रनवे

७ चैत्र २०८१, बिहीबार ०३:५८

काठमाडौँ। ब्राईट इभेन्ट म्यानेजमेन्ट दोलखाले आयोजना गरेको एन प्लस कालिन्चोक फेसन रनवे–२०८१ को मुख्य स्टपरको रुपमा बरिष्ठ अभिनेत्री करिश्मा मानन्धर रहनु भएको प्रोप्राइटर राजन बुढाथोकीले बताए ।

तीन हजार आठ सय ४२ मिटरको उँचाइमा रहेको कालिन्चोक टाँकुरामा आयोजना भएको यो कार्यक्रम नेपालमै पहिलो रहेको प्रोप्राइटर बुढाथोकीको भनाई छ।

प्रसिद्ध कालिन्चोक भगवती मन्दिर र कालिन्चोकबाट देखिने हिमश्रृङ्खलाहरुको थप पर्यटकी प्रमोशनको लागि कार्यक्रम आयोजना गरिएको बुढाथोकी बताउँछन् । एन प्लस कालिन्चोक फेसन रनवे– २०८१ मा ३० जना मोडलहरुले सहभागिता जनाएको आयोजक ब्राईट इभेन्ट म्यानेजमेन्ट दोलखाले जनाएको छ।

कार्यक्रममा बरिष्ठ अभिनेतृ करिश्मा मानन्धरसंगै मिस ग्राण्ड पेमा लामगाडे, फाेर्थ रनरअप मिस युनिभर्स नेपाल २०२४ तथा बहिरा कलाकार सुजल बम, म्यानहन्ट इन्टरनेश्नल– २०१२ सनिस शाक्य लगायतको सहभागिता रहेको थियो । ब्राईट इभेन्ट म्यानेजमेन्ट दोलखाले सन् २०१८ मा जिल्लामै पहिलो पटक मिस दोलखाको समेत आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्