Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

जसपा नेपालको १७ विभाग गठन, कुनमा को ?

८ आश्विन २०८१, मंगलवार ०९:५०

८ असोज, काठमाडौं। जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय विभागहरू गठन गरेको छ।

असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले विभागलाई पूर्णता दिएको हो। आर्थिक विभाग प्रमुख बलराम महतो तोकिएका छन्।

विद्यार्थी तथा खेलकुद विभाग प्रमुख  विदेश्वरप्रसाद यादव तोकिएका छन्। प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्णबहादुर बस्नेत तोकिएका छन्। उनी यसअघि पनि सोही विभागमा थिए।

जसपा, नेपाल आधारभूत सङ्गठन निर्माण अभियान सफल बनाउन प्रदेश स्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षण गर्न र सो को प्रतिवेदन तयार गरी प्रस्तुत गर्न केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई जिम्मेवारी दिएको छ।

संगठन विभाग, सामाजिक सेवा तथा गैर–सरकारी संस्था विभाग, पार्टी स्कुल तथा प्रशिक्षण विभाग, कृषि तथा भूमि व्यवस्था विभाग, वातावरण तथा विपद् व्यवस्थापन विभाग, कानून विभाग, शिक्षा विभाग, स्वास्थ्य तथा जनसङख्या विभाग, बौद्धिक पेशाकर्मी तथा ट्रेड युनियन विभाग, महिला विभाग, उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा भने सदस्य मात्रै तोकिएका छन्। प्रमुखहरू तोकिन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्