Trending
साम्बाको २ गोलमा नेपालद्वारा भारत पराजित     |     उत्तर कोरियाली विदेशमन्त्रीसँग मस्कोमा, पुटिनसँग भेटवार्ता गर्ने     |     सल्यानमा प्रतिबन्धित औषधि ‘प्रिगा’ बिक्री गर्ने एक व्यक्ति पक्राउ     |     दैलेखका युवकको जाजरकोटमा हत्या, घटनामा संलग्न ६ जना पक्राउ     |     रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार     |     डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर     |     नेपाल अमेरिकासँग १०६ रनले पराजित     |     अफगानिस्तानसँग नेपाल पराजित     |     मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक प्रत्यक्ष प्रसारण गर्ने खेलकुद मन्त्रीको पहिलो निर्णय     |     टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो     |    
समाचार

जसपा नेपालको १७ विभाग गठन, कुनमा को ?

८ आश्विन २०८१, मंगलवार ०९:५०

८ असोज, काठमाडौं। जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय विभागहरू गठन गरेको छ।

असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले विभागलाई पूर्णता दिएको हो। आर्थिक विभाग प्रमुख बलराम महतो तोकिएका छन्।

विद्यार्थी तथा खेलकुद विभाग प्रमुख  विदेश्वरप्रसाद यादव तोकिएका छन्। प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्णबहादुर बस्नेत तोकिएका छन्। उनी यसअघि पनि सोही विभागमा थिए।

जसपा, नेपाल आधारभूत सङ्गठन निर्माण अभियान सफल बनाउन प्रदेश स्तरीय अभियान परिचालन, अनुगमन र निरीक्षण गर्न र सो को प्रतिवेदन तयार गरी प्रस्तुत गर्न केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई जिम्मेवारी दिएको छ।

संगठन विभाग, सामाजिक सेवा तथा गैर–सरकारी संस्था विभाग, पार्टी स्कुल तथा प्रशिक्षण विभाग, कृषि तथा भूमि व्यवस्था विभाग, वातावरण तथा विपद् व्यवस्थापन विभाग, कानून विभाग, शिक्षा विभाग, स्वास्थ्य तथा जनसङख्या विभाग, बौद्धिक पेशाकर्मी तथा ट्रेड युनियन विभाग, महिला विभाग, उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा भने सदस्य मात्रै तोकिएका छन्। प्रमुखहरू तोकिन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्