Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक

७ चैत्र २०८१, बिहीबार ०९:११

काठमाडौं। नायक विनोद श्रेष्ठ र शितल केसी पहिलो पटक एउटै सिरियल ‘बाचा’ मा देखिएका छन्। यसको कथा लेखन राज न्यौपानेले गरेका छन्, जो १७ वर्षपछि कलाकारितामा फर्किएका हुन्।

विशेष रूपमा स्ट्यान्ड-अप कमेडियनका रूपमा चिनिएका राजले विगतमा ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’ र ‘प्रहरी अनुरोध’ जस्ता सिरियलमा काम गरिसकेका छन्।

यस टेलिफिल्ममा नायक विनोद श्रेष्ठ, शितल केसी, अस्मिता बस्नेत, रामचन्द्र अधिकारी, कृष्ण केसी, नियुक्ति शेर्पा, सबिता थापालिया, गणेश खनाल, राज न्यौपाने, समिता रिजाल, दीपक सुनार, र कमला श्रेष्ठ (के.सी.) को अभिनय रहेको छ। कलाकार रोशनी सापकोटालाई  भाग २ बाट हेर्न सकिनेछ।

रामकृष्ण चौलागाईं र मन्दिप रानामगरले छायांकन गरेको यस सिरियललाई सुबाश देवकोटाले सम्पादन गरेका हुन्। ‘बाचा’का निर्देशक टेकेन्द्र कार्की हुन्।  ‘जुनेली भाउजु’, ‘सिताराम’ , ‘चिना’, ‘नाम्लो चुरिफुरि’  लगायत सिरियल निर्देशन गरेका कार्कीको निर्देशनमा बनेको यो  ९४औं सिरियल हो। “बाचा” को पहिलो भाग लाई ३ दिनमै १ लाख पल्ट हेरिएको छ र  दर्शकहरूबाट समेत सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्