Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरा

७ चैत्र २०८१, बिहीबार ११:४८
काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा यही चैत ८ र ९ गते हुने वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२५ को तयारी पूरा भएको छ ।
आयोजकले बिहीबार विज्ञप्ती जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।प्रतियोगिता कामपा वडा नं. १६ कालधारा पकनाजोलस्थित काठमाडौं स्पोर्ट क्लाइम्बिङ सेन्टरमा सञ्चालन हुने प्रतियोगितामा पुरुष १३ र महिला ६ गरी कूल १९ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता उद्घाटन चैत ८ गते शुक्रबार बिहान ८ बजे हुनेछ । सुरुमा खेलाडीहरुलाई प्रतियोगिताको स्वरुप बारे जानकारी गराइनेछ ।त्यसपछि पुरुष र महिलाको क्वालिफिकेसन राउण्ड सञ्चालन हुनेछ । जसबाट पुरुष ८ र महिला ६ खेलाडी अन्तिम चरणमा छनोट गरिनेछ । दोस्रो दिन अन्तिम चरणका खेलहरु हुनेछ ।
पुरुष र महिला दुवैमा विजेताले नगद ५० हजार, उपविजेताले ३० तथा तेस्रो हुनेले २० हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगिता स्पोर्ट क्लाम्बिङको अन्तर्राष्ट्रिय महासंघ आईएफएससीको नियम अनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ ।
यस प्रतियोगिताको आवश्यक प्राविधिक सहयोगीको रुपमा इन्डियन माउन्टेनिरिङ फाउण्डेसन (आईएमएफ) का चिफ रुट सेटर विवश रोए नेपाल आएका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजकमा नेपालस्थित वोङ्छु पिक प्रमोसन र अमेरिकी गैर नाफामुलक संस्था मुसा मसला रहेको छ ।
स्पोर्ट क्लाइम्बिङ खेलको विकास र खेलाडीहरुको विकास र अभिवृद्धि गर्नका लागि वोङ्छु पिक र मुसा मसलाले प्रायोजन गरेको जनाएको छ ।स्पोर्ट क्लाइम्बिङ खेलकुदका साथै साहसिक खेलकुद तथा खेलकुद पर्यटन क्षेत्रको विकासमा पनि सहयोग  गर्नेछ ।
नेपालमा स्पोर्ट क्लाइम्बिङको धेरै सम्भावना रहेकोले यो खेलको प्रबर्धन गर्न सके खेलाडीहरुले अन्तर्राष्ट्रिय रुपमा राम्रो नतिजा ल्याउन सक्ने संघको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्