Trending
रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |    
बैंक वित्तीय

महिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्न

७ चैत्र २०८१, बिहीबार ११:५४

काठमाडौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आज सातौं बार्षिक साधारणसभा अनमोल क्याटरिङ सर्भिस शंखमुल, काठमाडौंमा सम्पन्न भएको छ ।

कम्पनीका संचालक समितिका अध्यक्ष तारा कुँवरको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/८१  को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितको अनुसुचिहरु उपर छलफल गरी पारित गर्ने र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/८२  को लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने सामान्य प्रस्ताव पारित गरेको छ ।

त्यसै गरीसभाले नियमावलीको नियम ३२ (ग) मा शंसोधन गर्ने र यस वित्तीय संस्थाले अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त संस्थाहरुलाई गाभ्ने/गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी प्रक्रिया अगाडी बढाउनका लागि संस्थाले चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङकन गर्न मान्यता प्राप्त मूल्याङकनकर्ता नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा गाभ्ने/ गाभिने, प्राप्ति (एक्विजिसन) तथा खरिद सम्बन्धी समझदारी पत्र तर्जुमा गर्न र सो सम्बन्धी आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न संचालक समितिलाई वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने बिशेष प्रस्ताव पनि पारित गरेको छ ।

सभामा शेयरधनीले उठाएको प्रश्नमाथि संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले जवाफ दिदै भोलीका दिनमा शेयरधनीलाई उच्च प्रतिफल दिने गरी कम्पनीका संचालक र व्यवस्थापन अघि बढेको बताएका छन् ।

त्यसै गरी सभालाई माननीय सांसद जुली कुमारी महतोले संस्थाको उन्नती र प्रगति कामनासहित शुभकामना व्यक्त गरेकी थिइन् । सभाका प्रमुख अथिति तुलसी थापाले महिला अधिकार तथा विकास केन्द्र र महिला लघुवित्त वित्तीय संस्था एक आपसमा सहकार्य गरी भोलीका दिनमा संस्थालाई अगाडि बढाउन सुझाव दिइएकी छिन् ।

सभामा शेयरधनीहरुको बाग्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्