Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

दैनिक जीवन र राष्ट्रको समृद्धिका लागि पानीको महत्त्व वृद्धि : ऊर्जामन्त्री खड्का

९ चैत्र २०८१, शनिबार ११:२३

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेर गएको बताए।

जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजना तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको सहकार्यमा आजदेखि सुरु भएको ‘प्रथम राष्ट्रिय पानी सम्मेलन–२०८१’को आज यहाँ उद्घाटन गर्दै उहाँले पानीको स्रोतको उचित उपयोगमा जोड दिए।

सरकारले पानीको संरक्षणसँगै पानीबाट सिर्जित चुनौतीको व्यवस्थापनलाई सँगसँगै अगाडि बढाइरहेको उहाँले बताउनुभयो । मन्त्री खड्काले पानी र यसका स्रोतको संरक्षणमा सबै नागरिक सक्रिय हुनुपर्छ भने ।

मन्त्री खड्काले नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय गरी तीन वटै तहलाई जलस्रोतको समुचित प्रयोग र संरक्षणको जिम्मेवारी दिएको तथा राष्ट्रिय जलस्रोत नीति–२०७७ ले मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि अधिकतम उपयोगमा जोड दिएको बताए। हिमालय पर्वत शृङ्खलाबाट उत्पन्न नदी तथा हिमनदीले देशको ऊर्जा, कृषि, पर्यटन र जैविक विविधताको आधार निर्माण गरेको मन्त्री खड्काको भनाइ  थियो ।

जलवायु परिवर्तनका असरलाई घटाउँदै जलस्रोतको दिगो उपयोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय साझेदारीलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्