Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

सङ्घीयता सुदृढीकरणका लागि समन्वय र सुधार आवश्यक : सभामुख घिमिरे

९ चैत्र २०८१, शनिबार ११:२९

ललितपुर। सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन समन्वय, कानुनी सुधार र स्रोत व्यवस्थापन अपरिहार्य रहेको बताएका छन्।

प्रदेश सुशासन केन्द्र बागमतीद्वारा आयोजित ‘सङ्घीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवाल’ विषयक छलफलमा सभामुख घिमिरेले सङ्घीयता सुदृढीकरणको यात्रामा निरन्तर बहस आवश्यक रहेको उल्लेख गरे।

उनले सङ्घीय शासन प्रणालीको सफलता तीन वटै तहका सरकारबीचको सहकार्यमा निर्भर हुने बताउँदै प्रदेश तथा स्थानीय तहहरूलाई अझ प्रभावकारी बनाउन कानुनी सुधार, कर्मचारी व्यवस्थापन, वित्तीय स्रोतको न्यायोचित वितरण जस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

सभामुख घिमिरेका अनुसार, राज्यशक्ति बाँडफाँड गर्ने संविधानको व्यवस्थालाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने र प्रदेश तथा स्थानीय तहलाई दिइएका अधिकारको व्यावहारिक हस्तान्तरणलाई सुनिश्चित गर्नुपर्ने देखिएको छ।

सङ्घीयताको सफल कार्यान्वयनका लागि संसद्मा विचाराधीन निजामती सेवा, प्रहरी प्रशासन र विद्यालय शिक्षासम्बन्धी विधेयकहरूलाई शीघ्र टुङ्गो लगाउनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्