Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

सङ्घीयता सुदृढीकरणका लागि समन्वय र सुधार आवश्यक : सभामुख घिमिरे

९ चैत्र २०८१, शनिबार ११:२९

ललितपुर। सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन समन्वय, कानुनी सुधार र स्रोत व्यवस्थापन अपरिहार्य रहेको बताएका छन्।

प्रदेश सुशासन केन्द्र बागमतीद्वारा आयोजित ‘सङ्घीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवाल’ विषयक छलफलमा सभामुख घिमिरेले सङ्घीयता सुदृढीकरणको यात्रामा निरन्तर बहस आवश्यक रहेको उल्लेख गरे।

उनले सङ्घीय शासन प्रणालीको सफलता तीन वटै तहका सरकारबीचको सहकार्यमा निर्भर हुने बताउँदै प्रदेश तथा स्थानीय तहहरूलाई अझ प्रभावकारी बनाउन कानुनी सुधार, कर्मचारी व्यवस्थापन, वित्तीय स्रोतको न्यायोचित वितरण जस्ता विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

सभामुख घिमिरेका अनुसार, राज्यशक्ति बाँडफाँड गर्ने संविधानको व्यवस्थालाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने र प्रदेश तथा स्थानीय तहलाई दिइएका अधिकारको व्यावहारिक हस्तान्तरणलाई सुनिश्चित गर्नुपर्ने देखिएको छ।

सङ्घीयताको सफल कार्यान्वयनका लागि संसद्मा विचाराधीन निजामती सेवा, प्रहरी प्रशासन र विद्यालय शिक्षासम्बन्धी विधेयकहरूलाई शीघ्र टुङ्गो लगाउनुपर्नेमा उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्