Trending
राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएको छ : प्रभु साह     |     अर्थ मन्त्रालयद्वारा बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु     |     भब्य सेटमा ‘क्याप्टेन साब’को छायांकन     |     यी प्रदेशमा भारी वर्षाको पूर्वानुमान     |     आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?     |     टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक     |     डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल?     |     कर्णाली प्रदेश खेलकुद महासंघको अध्यक्षमा प्रमोद हमाल सर्वसम्मत निर्वाचित     |     कर्णाली–सुदूरपश्चिमका ९७ हिमालमा पर्वतारोहण दस्तुर दुई वर्षका लागि हटाइयो     |     बडिमालिका मन्दिरतर्फ कालिकोटबाट पहिलोपटक सरकारी टोली डोलीसहित प्रस्थान     |    
समाचार

निवारण फाउण्डेसनद्वारा सन्जीवनी परियोजना अन्तर्गत स्वास्थ्य शिविर सञ्चालनको घोषणा

९ चैत्र २०८१, शनिबार ११:५०

काठमाडौँ। निवारण फाउण्डेसनले सन्जीवनी परियोजना अन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य सेवाबाट वञ्चित नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य शिविर सञ्चालन गर्ने घोषणा गरेको छ।

यस परियोजना अन्तर्गत २०८२ साल जेष्ठ १ (२०२५ मे १५) देखि सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाका गाउँपालिकाहरू हुँदै नेपालका विभिन्न गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ।

निवारण फाउण्डेसन संयुक्त राज्य अमेरिकाको बोस्टनमा स्थापित एउटा गैरसरकारी संस्था हो। कम्पनी रजिस्ट्रारको कार्यालय, काठमाडौँमा दर्ता भई समाज कल्याण परिषद्मा आवद्ध रहेको यस संस्थाको नेपालस्थित मुख्यालय काठमाडौँको सुन्धारामा रहेको छ। निवारण फाउण्डेसनले स्वास्थ्य, शिक्षा, बाल कल्याण, वातावरण संरक्षण तथा समुदाय विकासमा सुधार ल्याउने लक्ष्यका साथ विभिन्न परियोजनाहरू सञ्चालन गर्दै आएको छ।

निवारण फाउण्डेसनले सन्जीवनी परियोजनाको पहिलो चरण अन्तर्गत ग्रामीण भेगमा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यस परियोजनाको मुख्य उद्देश्यहरूमा ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु, रोगको पूर्वपहिचान गरी रोकथाम तथा निदानमा सहायता पुर्याउनु, स्वच्छता र स्वस्थ जीवनशैलीबारे समुदायलाई सचेत गराउनु तथा दीगो स्वास्थ्य सेवा प्रणालीको स्थापना गर्नु पर्दछन्।

स्वास्थ्य शिविरहरूबाट स्थानीय समुदायमा स्वास्थ्यप्रति जागरूकता बढाउने र स्वास्थ्य सेवामा दीर्घकालीन सुधार ल्याउने उद्देश्यले निवारण फाउण्डेसनले समन्वयात्मक रूपमा कार्य अघि बढाइरहेको छ।

निवारण फाउण्डेसनले पहिलो चरणमा ५२ जिल्लाका २७५ गाउँपालिकाहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्ने लक्ष्य राखेको छ। यस शिविरमार्फत झण्डै ४,५०,००० ग्रामीण नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन्। स्वास्थ्य शिविरमा नेत्र विशेषज्ञ, नाक/कान/घाँटी विशेषज्ञ, जनरल मेडिसिन विशेषज्ञ, दन्त विशेषज्ञ तथा सर्जनहरू सहितका दक्ष स्वास्थ्यकर्मीहरू परिचालित गरिने छन्।

स्वास्थ्य शिविरमा विरामीहरूलाई विरामी दर्ता र सामान्य शारीरिक परीक्षण, रक्तचाप, रगत, पिसाब तथा अक्सिजन स्तर परीक्षण, आँखाको दृष्टि परीक्षण, कानको सुन्ने क्षमता परीक्षण, दाँतको परीक्षण, एक्स-रे तथा अन्य उपकरणद्वारा स्वास्थ्य परीक्षण, जटिल अवस्थाको पहिचान र रेफेरल सेवा लगाएत सेवा प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्