Trending
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |    
समाचार

बालेन गुण्डागदी शैलीमा बाटोमा हिडनेको पुरानो साईकल चोर्दै–आर्या पाण्डे

११ चैत्र २०८१, सोमबार १०:५६

काठमाडौं। आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीका काठमाडौं उपत्यका इन्चार्ज आर्या पाण्डेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह साईकल चोर भएको टिप्पणी गरेका छन् ।

कवाड व्यवसायी समाज नेपालले आज रिपोर्टर्स क्लब नेपाल काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पाण्डेले मधेस सरकार नयाँ साईकल चोर हो भने काठमाडौंका मेयर बालेन शाह पुरानो साईकल चोर भएको आरोप लगाए ।

‘तपाई (बालेन) रोजगार दिनसक्नुहुन्न भने तपाईलाई रोजगार खोस्ने अधिकार कसले दियो । तपाई त केपी ओलीको बाटोमा हिडिराख्नुभएको छ । मधेस सरकार नयाँ साईकल चोर हो भने तपाई त गुण्डागदी शैलीमा बाटोमा हिडनेको पुरानो साईकल चोर्दै हिडिराख्नुभएको छ’, पाण्डेले भने, ‘कवाड व्यवसायीको साईकल जबरजस्ती चोरी गर्ने तपाई (बालेन) महाचोर हो ।’

यस्तै उनले काठमाडौं महानगरका प्रहरी राजु पाण्डेलाई कवाड व्यवसायीको साईकल चोर्ने काम बन्द गर्न चेतावनी दिए । ‘यो राजु पाण्डेले साईकल चोर्ने काम बन्द गर्नुपर्छ, दुई चार सय नगरप्रहरीले केही गर्न सक्दै । तपाईले साईकल चोर्ने काम बन्द गरेन भने हामी प्रतिकारमा हजारौं आईटी आर्मीका युवा उत्रानेछौं’, आर्या पाण्डेले भने ।

कवाड व्यवसायीमाथिको दमन, अत्याचार, मनोमानी काठमाडौं महानगरले बन्द नगरे आईटी आर्मीले प्रतिकार गर्ने चेतावनी उनले दिएका छन् । काठमाडौंबाट लुटेर विदेशमा पुँजी लैजाने राम्रो की अन्तबाट पुँजी लिएर काठमाडौंलाई समृद्ध बनाउने कवाड व्यवसायीहरु राम्रो ? काठमाडौंलाई समृद्ध बनाउने कवाड व्यवसायीले सम्मानका साथ आफ्नो पेशा व्यवसाय गर्न पाउँनुपर्ने पाण्डेले जनाएका छन् । साथै कवाड व्यवसायीको आन्दोलनमा आईटी आर्मीको पूर्ण साथ, सहयोग र समर्थन रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्