Trending
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |    
समाचार

सम्पूर्ण राजसंस्थावादी पार्टी, समूह तथा व्यक्तिहरूमा अपील!

१२ चैत्र २०८१, मंगलवार ०८:४४

काठमाडौं। नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको सर्ववितित नै छ।

यो समयमा हामी देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको छ। अन्यथा यो गौरवशाली देश र भावी पुस्ताको भविष्य नै संकटमा पर्नेछ। देश राज्य र राष्ट्रको रूपमा निरन्तर क्षयिकृत भएर गइरहेको छ।

यसै परिप्रेक्षमा विभिन्न पार्टी तथा समूहहरूबाट भइरहेका राजसंस्थावादी आन्दोलनहरूलाई संयुक्त र सशक्त रूपमा अघि बढाउँदै निर्णायक तहमा पुर्याउनका लागि विभिन्न पक्षबाट मलाई संयोजन गरिदिन गरिएको आग्रह स्वरूप मैले “राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति”को नेतृत्व गरिरहेको विषय सार्वजनिक भइसकेको छ।

अब उप्रान्त राजसंस्था पुनर्स्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रीत सबै प्रदर्शन तथा आन्दोलनहरूमा यस संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ,सहयोग र समर्थन रहेनछ। त्यसै क्रममा आउँदो शुक्रबार, चैत्र १५ गते राजधानीमा हुन लागेको विशाल जनप्रदर्शनमा देशका सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघियता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थन गर्न म हार्दिक अपील गर्दछु।

देश बचाउने र बनाउने हो भने हामीसँग अब अर्को विकल्प छैन।

प्रतिक्रिया दिनुहोस्