Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

सम्पूर्ण राजसंस्थावादी पार्टी, समूह तथा व्यक्तिहरूमा अपील!

१२ चैत्र २०८१, मंगलवार ०८:४४

काठमाडौं। नेपाल एउटा विशिष्ट राजनीतिक संक्रमणको घडीबाट गुज्रिरहेको सर्ववितित नै छ।

यो समयमा हामी देशभक्त, राजसंस्थावादीहरू एकतावद्ध भएर अघि बढ्नु पर्ने अवस्था आएको छ। अन्यथा यो गौरवशाली देश र भावी पुस्ताको भविष्य नै संकटमा पर्नेछ। देश राज्य र राष्ट्रको रूपमा निरन्तर क्षयिकृत भएर गइरहेको छ।

यसै परिप्रेक्षमा विभिन्न पार्टी तथा समूहहरूबाट भइरहेका राजसंस्थावादी आन्दोलनहरूलाई संयुक्त र सशक्त रूपमा अघि बढाउँदै निर्णायक तहमा पुर्याउनका लागि विभिन्न पक्षबाट मलाई संयोजन गरिदिन गरिएको आग्रह स्वरूप मैले “राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति”को नेतृत्व गरिरहेको विषय सार्वजनिक भइसकेको छ।

अब उप्रान्त राजसंस्था पुनर्स्थापनाका लागि हुने खासगरी राजधानी केन्द्रीत सबै प्रदर्शन तथा आन्दोलनहरूमा यस संयुक्त जनआन्दोलन समितिको पूर्ण साथ,सहयोग र समर्थन रहेनछ। त्यसै क्रममा आउँदो शुक्रबार, चैत्र १५ गते राजधानीमा हुन लागेको विशाल जनप्रदर्शनमा देशका सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा संघियता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थन गर्न म हार्दिक अपील गर्दछु।

देश बचाउने र बनाउने हो भने हामीसँग अब अर्को विकल्प छैन।

प्रतिक्रिया दिनुहोस्