Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

सामसुङका सहायक सीईओ हान जोङ-ही हृदयघातका कारण निधन

१२ चैत्र २०८१, मंगलवार ११:५८

एजेन्सी। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका सहायक सीईओ हान जोङ-हीको निधन भएको छ। ६३ वर्षको उमेरमा मंगलबार हृदयघातका कारण उनकाे निधन भएको हो।

१९६२ मा जन्मिएका हानले २०२२ देखि उपभोक्ता इलेक्ट्रोनिक्स र मोबाइल उपकरण विभागको नेतृत्व गर्दै आएका थिए। उनलाई २०२२ मा उपाध्यक्ष र सहायक सीईओको पद दिइएको थियो।

सामसुङका अनुसार हानले ३७ वर्षभन्दा बढी समयसम्म कम्पनीको टिभी व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउन महत्वपूर्ण योगदान दिएका थिए। कम्पनीले भनेको छ, “यस कठिन समयमा हाम्रो समवेदना उनका परिवार र नजिकका सबै व्यक्तिहरूसँग छ।” हानको उत्तराधिकारीको बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन।

हानले इन्हा विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका थिए र १९८८ मा सामसुङसँग काम गर्न थालेका थिए। इलेक्ट्रोनिक्स र उपकरण विभागको नेतृत्व गर्नु अघि उनले डिस्प्ले विभागको सञ्चालनको जिम्मेवारी सम्हालेका थिए। सामसुङको एलईडी टिभी विकासमा उनले मुख्य भूमिका निभाएका थिए।

प्रतिक्रिया दिनुहोस्