Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

सामसुङका सहायक सीईओ हान जोङ-ही हृदयघातका कारण निधन

१२ चैत्र २०८१, मंगलवार ११:५८

एजेन्सी। दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्सका सहायक सीईओ हान जोङ-हीको निधन भएको छ। ६३ वर्षको उमेरमा मंगलबार हृदयघातका कारण उनकाे निधन भएको हो।

१९६२ मा जन्मिएका हानले २०२२ देखि उपभोक्ता इलेक्ट्रोनिक्स र मोबाइल उपकरण विभागको नेतृत्व गर्दै आएका थिए। उनलाई २०२२ मा उपाध्यक्ष र सहायक सीईओको पद दिइएको थियो।

सामसुङका अनुसार हानले ३७ वर्षभन्दा बढी समयसम्म कम्पनीको टिभी व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउन महत्वपूर्ण योगदान दिएका थिए। कम्पनीले भनेको छ, “यस कठिन समयमा हाम्रो समवेदना उनका परिवार र नजिकका सबै व्यक्तिहरूसँग छ।” हानको उत्तराधिकारीको बारेमा हालसम्म कुनै जानकारी प्राप्त भएको छैन।

हानले इन्हा विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरेका थिए र १९८८ मा सामसुङसँग काम गर्न थालेका थिए। इलेक्ट्रोनिक्स र उपकरण विभागको नेतृत्व गर्नु अघि उनले डिस्प्ले विभागको सञ्चालनको जिम्मेवारी सम्हालेका थिए। सामसुङको एलईडी टिभी विकासमा उनले मुख्य भूमिका निभाएका थिए।

प्रतिक्रिया दिनुहोस्