Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

मुख्य न्यायाधिवक्तालाई पेसी सूचना पठाउने अनलाइन प्रणाली सुरु

१२ चैत्र २०८१, मंगलवार १२:०८

काठमाडौँ। सर्वोच्च अदालतले मुख्य न्यायाधिवक्ताको कार्यालयलाई पेसी सूचना पठाउने अनलाइन प्रणालीको शुभारम्भ गरेको छ।

मंगलबार आयोजित एक विशेष कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उक्त प्रणालीको सुरुवात गरे। अब सातै प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयमा पेसी सूचना अनलाइन माध्यमबाट पठाउन सकिनेछ।

यसका साथै, प्रधानन्यायाधीश राउतले जिल्ला अदालतहरूमा दर्ता हुने विशेष प्रकृतिका निवेदनहरूको दर्ता र व्यवस्थापन गर्ने अनलाइन प्रणाली पनि प्रारम्भ गरेका छन्। यस प्रणालीको माध्यमबाट अदालतको प्रक्रिया छिटो र प्रभावकारी बनाइने अपेक्षा गरिएको छ, जसले कागजातको प्रयोग घटाउँदै कार्यक्षमता बढाउनेछ।

प्रतिक्रिया दिनुहोस्