Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

राजावादी समूहले लुटे कोटेश्वरको भाटभटेनी

१५ चैत्र २०८१, शुक्रबार ११:२०

काठमाडौं । प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन् ।

बंगलादेशमा एक वर्षअघि गरिएकै शैलीमा उनीहरूले भाटभटेनीमा लुट मच्चाएका हुन्। तीनकुनेबाट लखेटिएपछि कोटेश्वर क्षेत्रमा पुगेको राजावादीको एउटा समूहले भाटभटेनीमा पहिले आगजनी र तोडफोड गरे ।

त्यसपछि सम्भावित आन्दोलनको चिन्ताले सटर बन्द गरिएको भाटभटेनीमा राजावादीको समूहले लुट मच्चाएको हो । राजावादीले भाटभटेनीमा लुट मच्चाउने क्रममा आफूखुसी सामान उठाउँदै लगेका थिए । उनीहरूले लुटका क्रममा ढुंगामुढासमेत गरे ।

प्रतिक्रिया दिनुहोस्