Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

गृह मन्त्रालयमा आकस्मिक बैठक, प्रहरीलाई गोली चलाउनसम्म निर्देशन

१५ चैत्र २०८१, शुक्रबार ११:२४

काठमाडौं। गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको हो ।

बैठकमा राजावादी समूहको अराजक प्रदर्शनको समीक्षा, र कर्फ्युका विषयमा छलफल हुनेछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केहीबेर अघिमात्रै तीनकुने क्षेत्रदेखि मनोहरा पुल, गौशलादेखि नयाँ बानेश्वर शंखमूलसम्म कर्फ्यु जारी गरेको छ ।

उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले अवस्था नियन्त्रणको प्रयास भइरहेको र प्रहरीलाई गोली चलाउनसम्म निर्देशन दिएको जानकारी दिए । लुटपाटमा संलग्नमाथि विभिन्न माध्यमबाट अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्