Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

पोखरामा स्काईवेलको नयाँ सोरूम विस्तार

१५ चैत्र २०८१, शुक्रबार ११:४५

पोखरा। स्काईवेलले पोखरामा आफ्नो नयाँ सोरूम विस्तार गरेको छ। नाडाका पूर्व अध्यक्ष ध्रुव थापाले सोरूमको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस भु, कन्ट्री म्यानेजर भिरा, जि मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल, कार्यकारी निर्देशक पारस मणी गेलाल तथा इको मोटर्सका संचालक अर्जुन गिरीको उपस्थिति रहेको थियो।

चिनियाँ ब्रान्ड स्काईवेल विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको छ। नेपालमा भित्रिएको एक वर्षमै १०० भन्दा बढी एसयूभी बिक्री गरिसकेको कम्पनीले ६२० किलोमिटर रेन्जको एसयूभी पोखराका व्यवसायीहरूका लागि उपयुक्त हुने बताएको छ।

नेपालका लागि आधिकारिक विक्रेता जि मोटर्सका अनुसार, स्काईवेल प्रिमियम इभी ब्रान्डका रूपमा स्थापित हुँदैछ। ७९.९ लाखदेखि १.१५ करोडसम्मका एसयूभीहरू उपलब्ध छन्। कम्पनीले यसै वर्ष प्रिमियम फिचरयुक्त सानो एसयूभी पनि ल्याउने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्