Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

पोखरामा स्काईवेलको नयाँ सोरूम विस्तार

१५ चैत्र २०८१, शुक्रबार ११:४५

पोखरा। स्काईवेलले पोखरामा आफ्नो नयाँ सोरूम विस्तार गरेको छ। नाडाका पूर्व अध्यक्ष ध्रुव थापाले सोरूमको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस भु, कन्ट्री म्यानेजर भिरा, जि मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल, कार्यकारी निर्देशक पारस मणी गेलाल तथा इको मोटर्सका संचालक अर्जुन गिरीको उपस्थिति रहेको थियो।

चिनियाँ ब्रान्ड स्काईवेल विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको छ। नेपालमा भित्रिएको एक वर्षमै १०० भन्दा बढी एसयूभी बिक्री गरिसकेको कम्पनीले ६२० किलोमिटर रेन्जको एसयूभी पोखराका व्यवसायीहरूका लागि उपयुक्त हुने बताएको छ।

नेपालका लागि आधिकारिक विक्रेता जि मोटर्सका अनुसार, स्काईवेल प्रिमियम इभी ब्रान्डका रूपमा स्थापित हुँदैछ। ७९.९ लाखदेखि १.१५ करोडसम्मका एसयूभीहरू उपलब्ध छन्। कम्पनीले यसै वर्ष प्रिमियम फिचरयुक्त सानो एसयूभी पनि ल्याउने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्