Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

नेपाल क्षेत्रीय आइटी हब बन्न सक्नेछः मन्त्री गुरुङ

१८ चैत्र २०८१, सोमबार ११:०६

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाललाई क्षेत्रीय आइटी हबका रुपमा विकास गर्न सकिने धारणा व्यक्त गरेका छन् ।

एसिया प्यासिफिक टेलिकम्युनिटी (एपिटी), सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा आज यहाँ आयोजित ३४औँ मिटिङ अफ द एपिटी वायरलेस ग्रुपको कार्यक्रममा उनले यसका लागि मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए ।

आइटी हबको विकासका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी नीति ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उनले प्रमुख सहरमा फाइभजी सेवा विस्तार गर्ने योजना रहेको उल्लेख गरे । “आगामी आर्थिक वर्षको अन्त्यसम्म सबै स्थानीय तहमा ब्रोडब्यान्ड सेवा विस्तार र मुलुकका प्रमुख सहरमा फाइभजी सेवा विस्तार गर्छौ”, उनले भने ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले प्रभावकारी सञ्चार आर्थिक वृद्धि, अन्तरआबद्धता र नवीनताका लागि जरुरी भएको बताए । उनले भने, “वायरलेस प्रविधि नेपाल जस्तो पहाडी र हिमाली देशका लागि वरदान हो । सूचना प्रविधि र डिजिटल अर्थतन्त्रको सम्भावना भएका क्षेत्रलाई एकीकृत गर्ने समय आएको छ ।”

उनले नेपाललाई क्षेत्रीय आइटी केन्द्रका रुपमा विकास गर्न एपिटीसँग सहकार्य जरुरी भएको बताए । उनले नेपाल डिजिटाइजेसनलाई बढावा दिन, स्पेक्ट्रम दक्षता प्रवद्र्धन गर्न र नयाँ पुस्ताको सञ्चार प्रविधि अँगाल्न तयार रहेको समेत बताए ।

त्यस अवसरमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले नेपालले सूचना प्रविधिको विस्तार तथा विकासमा फड्को मार्दै गइरहेको बताइन् । उनले यसका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख गरिन् ।

एपिटीका महासचिव मासानोरी कोन्डोले स्पेक्ट्रम हार्मोनाइजेनस, रेडियो कम्युनिकेशन र यसका बहुराष्ट्रिय प्रभावबारे छलफलका लागि यो एक सशक्त समूह रहेको बताए । उनले ती विषयमा १२ वटा सिफारिस र १८४ वटा प्रतिवेदन तयार भइसकेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्