Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

डिशहोमले इजभिज वाइफाइ आइपी क्यामेरा बजारमा ल्यायो

१८ चैत्र २०८१, सोमबार ११:१७

काठमाडौं। नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले ग्राहकहरुको आवस्यकतालाई मध्यनजर गर्दै इन्टरनेटसँगै सुरक्षा निगरानीका लागी वाइफाइ आइ पी क्यामेरा पनि उपलब्ध गराउने भएको छ ।

यसका लागि इजभिज र हाइकभिजनको नेपाल वितरक शारदा समूहको भगिनी संस्था वत्सल इम्पेक्स प्राइभेट लिमिटेडसँग डिशहोम इन्टरनेटले रणनीतिक साझेदारी घोषणा गरेको हो

घर निगरानी राख्नका लागि इजभिजले उत्पादन गर्ने वाइफाइ आइपी क्यामेराहरू विश्वभर अग्रणी स्थानमा पर्दछन्। क्यामेरा उत्पादक तथा इन्टरनेट सेवा प्रदायकको यो सहकार्यले शहरी र अर्धशहरी घरपरिवारहरूमा भरपर्दो र स्मार्ट निगरानीका लागी प्रयोग हुने क्यामेराको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।

उच्च–ब्यान्डविथका आवासीय इन्टरनेटको व्यापक उपलब्धतासँगै, नेपालीहरूले पनि आफ्नो इन्टरनेटसँग जोडिन सक्ने स्मार्ट उपकरणहरूको खोजी बढ्दो रूपमा गरिरहेका बेला इन्टरनेट सेवा र वाइफाइ आइपी क्यामेरा एकअर्काका पूरक हुने भएकाले डिशहोमले ग्राहकहरूलाई देशैभर रहेको डिलर दाईको नेटवर्कमार्फत वाइफाइ आइपी क्यामेरा उपलब्ध गराउनेछ।

प्रतिक्रिया दिनुहोस्