Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

एथरले नयाँ मोडल ‘४५०एक्स’ र ‘४५०एस’ सार्वजनिक गर्यो

१८ चैत्र २०८१, सोमबार ११:३३

काठमाडौँ। इलेक्ट्रिक स्कुटर निर्माता एथर इनर्जीले आफ्ना दुई नयाँ मोडल ‘४५०एक्स’ र ‘४५०एस’ सार्वजनिक गरेको छ।

यी नयाँ स्कुटरहरू उन्नत प्रविधि, उच्च ब्याट्री क्षमता, र स्मार्ट सुविधाहरू सहित बजारमा उपलब्ध गराइएका छन्। कम्पनीका अनुसार, ‘४५०एक्स’ उच्च प्रदर्शन क्षमतासहित लामो दूरीको यात्रा गर्न उपयुक्त छ भने ‘४५०एस’ अफोर्डेबल मूल्यमा उत्कृष्ट विशेषतासहित ल्याइएको छ।

नयाँ मोडलहरूमा अपडेटेड सफ्टवेयर, सुधारिएको मोटर, र फास्ट चार्जिङ सुविधा जस्ता प्रविधिहरू समावेश गरिएको छ। एथर इनर्जीले नयाँ स्कुटरहरू प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने बताएको छ ।

स्कुटरमा परिस्कृत सफ्टवेयर इन्जिन एथर स्ट्याक ६ प्रयोग गरिएको छ। यसमा गुगल म्याप्स, एलेक्सा भ्वाइस असिस्ट, ह्वाट्सएप, पिङ माई स्कुटर र लाइभ लोकेसनलगायतका सुविधा उपलब्ध छन्।

नेपाली बजारमा २०२५ मोडलको एथर ४५० एसको मूल्य ३ लाख २४ हजार ९९९ तोकिएको छ। त्यसैगरी २.९ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ६४ हजार ९९९ र ३.७ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ९९ हजार ९९९ तोकिएको छ। कम्पनीले ८ वर्ष वा ८० हजार किलोमिटरको ब्याट्री वारेन्टी र ७० प्रतिशत ब्याट्री हेल्थ ग्यारेन्टी उपलब्ध गराउने बताएको छ।

प्रतिक्रिया दिनुहोस्