Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
कला र मनोरन्जन

सुशान्तले गाएको ‘कर्मा’को गीतमा उपासनालाई विपीन भन्दैछन्– म पागल जस्तै भइसकेँ

१८ चैत्र २०८१, सोमबार १४:२१

काठमाडौं। चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको छ । सुशान्त केसीको युट्युब च्यानलबाट ‘कर्मा’को गीत सार्वजनिक गरिएको हो ।

‘पागल’ बोलको प्रेमिल गीतमा लोकप्रिय गायक सुशान्त केसीको स्वर छ । गीतमा शब्द तथा संगीत पनि गायक केसीकै छ ।विपीन कार्कीले उपासना सिंह ठकुरीलाई देख्नबित्तिकै मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ । गीतको शब्द तथा लय सुशान्त केसीको आफ्नै फ्लेबरमा छ ।

जसका कारण युवा पुस्ताले यो गीत मन पराउनेमा चलचित्रको निर्माणपक्ष ढुक्क छ । एकले अर्काको आँखामा देखेको प्रेमको गहिराइलाई सुशान्तले गीतमा उतारेका छन् ।

फेसबुक सर्ट तथा रिल्समा राखेको छोटो किल्प नै दर्शकले औधी मन पराएका थिए । अहिलेको युवापुस्ताले रुचाउने खालको गीत उनले तयार पारेका छन् ।

चलचित्रमा सुशान्तले गाएको यो पहिलो गीत हो । यसअघि थुप्रै चलचित्रबाट अफर आए पनि सुशान्तले सिनेमाका लागि गीत गाएका थिएनन् । कलेक्सन एल्बममा उनी उनी गीत गाउँदैनन् ।

शुसान्तले सिनेमाको पहिलो गीत, नयाँ अनुभव चैतमा छिट्टै हलमा भन्दै सामाजिक सञ्जालमा यसअघि नै लेखेका थिए । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । विपीन र उपासनाले भिडियोमा अभिनय गरेका छन् । एकअर्काप्रतिको गरेको माया गीत र भिडयोमा देख्न सकिन्छ ।

सिनेमाको फुटेज भिडियोमा प्रयोग गरिएको छ । सिनेमाका कलाकारको जति नै सुशान्त पनि भिडियोमा फिचर्ड छन् । नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ रिलिज हुँदैछ ।

चलचित्र ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्