Trending
रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाको उम्मेदवार डा. लेखजंग थापा     |     पेट्रोलियम पदार्थको मूल्य घट्यो     |     चौथो खेलमा नेपाल ए आसामसँग पराजित     |     नेपालले भुटानसँग बराबरी गर्दै साफ यू–१७ च्याम्पियनसिप तेस्रो बनायो     |     चीन भ्रमणमा प्रधानमन्त्री ओली : तियानजिनमा धान क्षेत्र अवलोकन     |     कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान     |     यस्तो छ विदेशी मुद्राको विनिमय दर     |     सुदूरपश्चिममा गौरापर्व : आज मुख्य दिन अठ्यावाली     |     “दृश्यमा नेपाल” अभियानअन्तर्गत “तिम्रो साथमा” भिडियोले कोशी पर्यटन वर्षलाई टेवा     |     भारतले जित्यो साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि     |    
समाचार

भारतीय ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईँका समर्थक पक्राउ

८ आश्विन २०८१, मंगलवार १२:४९

८ असोज, काठमाडौँ। भारतीय ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईँका समर्थक पक्राउ परेका छन् । झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा झापा हल्दिवारी गाउँपालिका– १ का ४० वर्षीय भीम लिम्बु तुम्वापो र झापा बिर्तामोड नगरपालिका–७ का ३९ वर्षीय विजय चौधरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापाको यातायात बन्दको घोषणा गरेको थियो ।

सो क्रममा उनीहरुले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्