Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

भारतीय ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईँका समर्थक पक्राउ

८ आश्विन २०८१, मंगलवार १२:४९

८ असोज, काठमाडौँ। भारतीय ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईँका समर्थक पक्राउ परेका छन् । झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा झापा हल्दिवारी गाउँपालिका– १ का ४० वर्षीय भीम लिम्बु तुम्वापो र झापा बिर्तामोड नगरपालिका–७ का ३९ वर्षीय विजय चौधरी छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

दुर्गा प्रसाईँलाई प्रहरीले पक्राउ गरेपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान अन्तरगतका नागरिक प्रतिरक्षा बल (पीडीएफ)ले झापाको यातायात बन्दको घोषणा गरेको थियो ।

सो क्रममा उनीहरुले कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा युपी ५७ एटी ४४९३ नम्बरको र बिर्तामोड नगरपालिका ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा डब्लुबी ७३ इ ३०५६ नम्बरको भारतीय मालवाहक ट्रकमा आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्