Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

दलाल नेताहरुले देशलाइ दलदलमा फँसाएको छ : प्रभु साह

२० चैत्र २०८१, बुधबार ०९:३९

भक्तपुर। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढदै गईरहेको संकटको एक मात्र समाधान तेस्रो जनआन्दोलन भएको बताएका छन् । दलाल एवं लुटकारी दलतन्त्रले देशलाई दलदलमा फँसाएकाले तेस्रो जनआन्दोलनमा सहभागिताका लागि उनले आह्वान गरे ।

आजपाद्धारा भक्तपुर र काठमाडौंको बालाजुमा आज आयोजित छुटाछुटै कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले दलाल एवं लुटकारी व्यवस्थाका कारण दलाल नेताहरुले देशलाई दलदलमा फाँसाएको आरोप लगाए ।

‘अहिले मुलुक गम्भिर संकटमा छ । लुटकारी एवं दलाल दलतन्त्रका कारण जताततै लुट मचिएको छ । भ्रष्टाचार, अनियमितता, कुशासन बढदै गएको छ । नेताहरु मालामाल भएका छन्, जनता लचार भएका छन्’, आजपा अध्यक्ष साहले भने, ‘अहिलेको संकटको एकमात्रै समाधान भनेको तेस्रो जनआन्दोलन हो । चैत २४ गते भृकुटीमण्डपमा जाऔं र यो दलाल दलतन्त्रको बिरुद्ध एकजुट होऔं ।’

वर्तमान असफल प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका कारण मुलुकको आर्थिक अवस्था संकटमा पुगेको उनले बताए । भ्रष्टाचार, लुट, मनोमानी कर आतंक बढेको बताउदै लुटकारी व्यवस्थालाई कहिलेसम्म बोक्ने भन्दै उनले प्रश्न गरे ।

सरकारमा सहभागि नेताहरु लुट, भ्रष्टाचार, अनियमिततामा लागेको गम्भिर आरोप लगाउदै साहले उनीहरुबाट केही आश गर्नु बेकार रहेको बताए । लुटकारी दलाल दलतन्त्रका कारण मुलुक बर्बाद भईरहेको बताउदै आजपा अध्यक्ष साहले नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन आवश्यक भएको बताए । उनले आम जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलन सफल बनाउनुपर्ने बताए ।

लुटकारी दलतन्त्र बिरुद्ध २४ चैतमा काठमाडौंमा हुने तेस्रो जनआन्दोलनको तयारीका लागि भर्खरै रौतहट, बारा र पर्सामा आयोजित बिभिन्न कार्यक्रममा सहभागि भएर काठमाडौं आएका साह बालाजु, भक्तपुर, बुद्धनगर सहितका बिभिन्न ठाउँमा आयोजित कार्यक्रम सहभागि हुदै तेस्रो जनआन्दोलन सफल बनाउने रणनीति सहित सहभागि हुन आग्रह गरेका छन् ।

आजपा निकटको युवा, विद्यार्थी, महिला, मजदुर लगायतका बिभिन्न संगठनहरुको आन्तरिक बैठक बस्दै आन्दोलनको तयारीमा जुटेको विद्यार्थी मोर्चाका सचिव प्रिन्स साहले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्