Trending
भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |     विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा     |    
समाचार

दलाल नेताहरुले देशलाइ दलदलमा फँसाएको छ : प्रभु साह

२० चैत्र २०८१, बुधबार ०९:३९

भक्तपुर। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले मुलुकमा बढदै गईरहेको संकटको एक मात्र समाधान तेस्रो जनआन्दोलन भएको बताएका छन् । दलाल एवं लुटकारी दलतन्त्रले देशलाई दलदलमा फँसाएकाले तेस्रो जनआन्दोलनमा सहभागिताका लागि उनले आह्वान गरे ।

आजपाद्धारा भक्तपुर र काठमाडौंको बालाजुमा आज आयोजित छुटाछुटै कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले दलाल एवं लुटकारी व्यवस्थाका कारण दलाल नेताहरुले देशलाई दलदलमा फाँसाएको आरोप लगाए ।

‘अहिले मुलुक गम्भिर संकटमा छ । लुटकारी एवं दलाल दलतन्त्रका कारण जताततै लुट मचिएको छ । भ्रष्टाचार, अनियमितता, कुशासन बढदै गएको छ । नेताहरु मालामाल भएका छन्, जनता लचार भएका छन्’, आजपा अध्यक्ष साहले भने, ‘अहिलेको संकटको एकमात्रै समाधान भनेको तेस्रो जनआन्दोलन हो । चैत २४ गते भृकुटीमण्डपमा जाऔं र यो दलाल दलतन्त्रको बिरुद्ध एकजुट होऔं ।’

वर्तमान असफल प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारका कारण मुलुकको आर्थिक अवस्था संकटमा पुगेको उनले बताए । भ्रष्टाचार, लुट, मनोमानी कर आतंक बढेको बताउदै लुटकारी व्यवस्थालाई कहिलेसम्म बोक्ने भन्दै उनले प्रश्न गरे ।

सरकारमा सहभागि नेताहरु लुट, भ्रष्टाचार, अनियमिततामा लागेको गम्भिर आरोप लगाउदै साहले उनीहरुबाट केही आश गर्नु बेकार रहेको बताए । लुटकारी दलाल दलतन्त्रका कारण मुलुक बर्बाद भईरहेको बताउदै आजपा अध्यक्ष साहले नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन आवश्यक भएको बताए । उनले आम जनताको शासन व्यवस्थाका लागि तेस्रो जनआन्दोलन सफल बनाउनुपर्ने बताए ।

लुटकारी दलतन्त्र बिरुद्ध २४ चैतमा काठमाडौंमा हुने तेस्रो जनआन्दोलनको तयारीका लागि भर्खरै रौतहट, बारा र पर्सामा आयोजित बिभिन्न कार्यक्रममा सहभागि भएर काठमाडौं आएका साह बालाजु, भक्तपुर, बुद्धनगर सहितका बिभिन्न ठाउँमा आयोजित कार्यक्रम सहभागि हुदै तेस्रो जनआन्दोलन सफल बनाउने रणनीति सहित सहभागि हुन आग्रह गरेका छन् ।

आजपा निकटको युवा, विद्यार्थी, महिला, मजदुर लगायतका बिभिन्न संगठनहरुको आन्तरिक बैठक बस्दै आन्दोलनको तयारीमा जुटेको विद्यार्थी मोर्चाका सचिव प्रिन्स साहले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्