Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
खेलकुद

कराते टोली अस्ट्रेलिया जाने

२० चैत्र २०८१, बुधबार ०९:४३

काठमाडौं। अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्ने भएको छ ।

टोली बुधबार राती ११ः०० बजे अस्ट्रेलिया प्रस्थान गर्ने तालिका छ ।अप्रिल ४ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६७ केजीमुनि सन्तोष श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ५० केजीमुनि वर्षा बुढा मगर, ५५ केजीमुनि पुष्पका लामा, ६८ केजीमाथि एरिका गुरुङ र ६१ केजीमुनि सविना श्रेष्ठले खेल्ने छन् ।प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, सहायक प्रशिक्षक र अफिसियलमा अमिर राना तथा निर्णायकमा तारा गुरुङ रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता करातेका विजय लामाले टोलीका लागि प्रायोजन गरेको ट्रयाक सुट पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्