Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

एकीकृत समाजवादीको सुदूरपश्चिम अध्यक्षमा खड्का

२० चैत्र २०८१, बुधबार ०९:५३

कञ्चनपुर। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा लालबहादुर खड्का सर्वसम्मत रुपमा चयन भएका छन्।

धनगढीमा सम्पन्न पार्टीको प्रथम सुदूरपश्चिम प्रदेशको अधिवेशनबाट मङ्गलबार खड्का अध्यक्ष पदमा चयन भएका हुन् । अध्यक्ष खड्काका अनुसार उपाध्यक्षमा धनबहादुर बोहरा र शिवबहादुर कँुवर, सचिवमा सुरेन्द्रमान कार्की, उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरख सार्की चयन हुनुभएको छ । प्रदेश कमिटी एक सय ३१ सदस्यीय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्