Trending
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता     |     प्रताप दास र अन्नु चौधरीको गीतमा जापानका मोडल शिरीषको अभिनय     |     कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली     |     सुर्खेतमा चार घण्टा रोकिएपछि प्रधानमन्त्री ओली हुम्लातर्फ उडे     |     गुण्डा परिचालनगरि ४४ परिवारको जमिन कब्जा ?     |     राष्ट्रिय श्रष्टा प्रतिष्ठानको महासचिवमा सनम कठायत चयन     |     गरिखाने शिक्षा प्रणालीमा सरकारको जोड : मन्त्री भण्डारी     |     नेपाल उज्वेकिस्तानसँग टाइब्रेकरमा पराजित     |     यी भूभागमा धेरै भारी वर्षाको सम्भावना     |     पर्यटन सहकारीकर्मीको क्षमता अभिवृद्धि गर्न दुई दिने तालिम     |    
समाचार

साढे दुई महिनापछि हट्यो घान्द्रुक जाने सडकको अवरोध

८ आश्विन २०८१, मंगलवार १२:५६

८ असोज, पोखराभदौ अन्तिम सातादेखि बिहानपख हिमाल खुलेर मोहनी लगाउँदै छन्। कास्कीको पर्यटकीय गाउँ घान्द्रुकबाट देखिने माछापुच्छ्रेलगायतका हिमालले उसैगरी लोभ्याइरहेको छ।

गत असार अन्तिम हप्ता अविरल वर्षाले नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकखण्डअन्तर्गत अन्नपूर्ण १०, किलुमा सडक भासिएकोमा मर्मत सम्भारपछि मंगलबारदेखि पुनः सूचारू भएको हो ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मतसम्भारको काम भएको हो । कार्यालय प्रमुख सीडीई सोभियत खड्काले २५ लाख रूपैयाँ कार्यालयको र दुई लाख २५ हजार रूपैयाँ स्थानीय जनश्रमदानबाट गरेर २७ लाख २५ हजार रूपैयाँ लगानी गरेर सडक मर्मत गरिएको बताए ।

सडकको बीचको भाग भासिँदा एकतिरको गाडी अर्कोतिर जान नसक्ने समस्या थियो । घान्द्रुक जाँदा आधा बाटोसम्म एउटा गाडीमा जाने र त्यसपछि पारिपट्टि रहेको गाडी प्रयोग गर्नुपर्ने बाध्यता थियो । भीरबाट ग्याबिन जालीसहित पर्खाल लगाएर सडक मर्मत गरिएको हो । प्रदेश सरकारको आर्थिक सहयोगमा एक महिनाभन्दा बढी समय लगाएर सडक मर्मत भएको अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरूङले बताए ।

प्रतिक्रिया दिनुहोस्