Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
खेलकुद

पारा विश्व पौडी सिरिजमा २ खेलाडी

२१ चैत्र २०८१, बिहीबार ११:३५

काठमाडौं। पारा विश्व पौडी सिरिजमा नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जापानको फुजी सिजुकामा अप्रिल ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा समान १–१ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

पुरुषमा हर्कमान घर्तीले ४ तथा महिलामा समना गैरेले २ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । हर्कले १ सय मिटर फ्रिस्टायल, ५० मिटर ब्याकस्ट्रोक र बटरफ्लाइ तथा १ सय ५० मिटर व्यक्तिगत मिड्लेमा खेल्ने छन् । समना ५० मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोकमा सहभागी हुने छिन् । दुवैको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ ।

व्यवस्थापकमा राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई र राखेपकी सदस्य अन्जना श्रेष्ठले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली शनिबार जापान प्रस्थान गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्