Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

लोक सेवासंग प्रभु साहको प्रश्न, ‘तलो तह र श्रेणीविहिन पदमा किन विज्ञापन नगरेको ?’

२३ चैत्र २०८१, शनिबार ११:१५

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसंग तलो तह र श्रेणीविहिन सबै करार कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका छन् ।

काठमाडौंको जोरपाटीमा आज कबाड संघर्ष समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न गर्दै भने, ‘तलो तह र श्रेणीविहिन करारमा काम गर्ने कर्मचारीको बृद्धिविकास र पेन्सन किन रोक्नु भयो ?’ सरकारले ति कर्मचारीको बृद्धिविकास लगायतका सेवा सुविधा रोकेको आरोप उनले लगाए ।

‘अन्य कर्मचारीको बृद्धि विकास, ग्रेड बढुवा हुने, स्तर बृद्धि हुने, पेन्सन पाउने तर तलो तहमा काम गर्ने श्रेणी विहिन करार कर्मचारीले यि सुविधानहरु किन नपाउने ? सरकारले यि कर्मचारीलाई किन हेपेर, पेलेर राखेको छ ?, काम गराउने तर सेवा सुविधाबाट बञ्चित गर्न कसरी मिल्छ ?’ आजपा अध्यक्ष साहले भने । उनले यि कर्मचालाई हेप्ने, पेल्ने दृष्टिबाट सरकार मुक्त भई सेवासुविधा अन्य कर्मचारी जस्तै दिनुपर्ने माग समेत गरे ।

‘ट्वाइलेटमा फोहोर गर्ने हाकीले पेन्सन पाउने तर सफा गर्ने स्विपरले किन नपाउँने ?, कार्यालयको कुर्सीमा बस्ने र शासन गर्ने हाकिमले विभिन्न सुविधाहरु पाउने तर टेबुल सफा गर्ने कार्यालय सहयोगीले कही पनि सुविधा नपाउँने ?’, आजपा अध्यक्ष साहले प्रश्न गरे, ‘गाडीमा बस्ने ठुलठुला औपिसरहरुले सुविधा र पेन्सन पाउने तर त्यही गाडी चलाउने चालकले केही पनि नपाउने यो कस्तो विडम्बना हो ?’

उनले ड्राईभर, माली, कार्यालय सहयोगी सहितका तलो तह र श्रेणी विहिन करार कर्मचारीहरुलाई सरकारले यथासिघ्र स्थायी गरी अन्य कर्मचारी जस्तै सबै सेवासुविधा दिनुपर्ने जोडदार रुपमा माग गरे । सरकारले यथासिघ्र आफूहरुको माग सुनुवाई नगरे त्यसका लागि जस्तो सुकै संघर्षका कार्यक्रम गर्न आफूहरु बाध्य हुने चेतावनी समेत दिए ।

अहिलेको दलाल एवं लुटकारी दलतन्त्रका कारण श्रेणी विहिन करारमा रहेका कर्मचारीहरु समस्यामा रहेको बताउदै उनले यि सबै कर्मचारीको समस्या समाधान गरी अन्य कर्मचारी जस्तै सेवासुविधा दिनुपर्ने बताए ।

दलाल एवं लुटकारी दलाल दलतन्त्रको अन्त्यका लागि तेस्रो जनआन्दोलनको घोषणा गरेका साह यतिवेला आन्दोलन सफल बनाउने रणनीतिका साथ भेटघाट एवं छलफलमा रहेका छन् । उनले गत वर्षको चैत्र २४ गते भृकुटीमण्डपबाट नै तेस्रो जनआन्दोलनको ऐलान गरेका थिए ।

सोहीअनुसार यही चैत्र २४ गते भृकुटीमण्डपमा आयोजना हुने तेस्रो जनआन्दोलन कार्यक्रमलाई सफल बनाउनको लागि उनी बिभिन्न कार्यक्रममा सहभागि हुदैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्