Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग

२४ चैत्र २०८१, आईतवार १०:३५

काठमाडौं। स्वास्थ्य सेवामा नयाँ उपकरण र विशिष्टीकृत सेवाहरु थप गर्न गइरहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित विभिन्न तहमा कर्मचारीहरु माग गरेको छ ।

नेपाल मेडिकल कलेजले एक सूचना प्रकाशित गरी विशेषज्ञ चिकित्सक सहित कर्मचारीहरु माग गरेको हो ।

सूचना अनुसार कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चरर, स्टाफ नर्स, क्याथ ल्याब टेक्निसियन, आइटी असिस्टेन्ट लगायतका पदहरुमा जनशक्ति माग गरेको छ । यस्तैगरी, होस्टल इन्चार्ज, एचआर असिस्टेन्ट, स्टोर असिस्टेन्ट पदहरुमा पनि जनशक्ति माग गरिएको कलेजले जनाएको छ ।

कलेजले पल्मोनोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, एमडिजीपी, प्रसूति तथा स्त्री रोग, क्रिटिकल केयर, फोरेन्सिक मेडिसिन, रेडियोडायग्नोसिस लगायतमा विशेषज्ञ जनशक्ति माग गरेको जनाएको छ ।

केही समयभित्रै कलेजले मुटु रोगको उपचारका लागि क्याथ ल्याब सञ्चालन गर्न गइरहेको छ । विषयगत अध्ययन गरेर कम्तिमा ५ वर्ष क्याथ ल्याबमा काम गरेकाहरुले आवेदन दिन सक्नेछन् ।इच्छुक उम्मेद्वारले चैत्र ३० गतेभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्