Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सक सहित जनशक्ति माग

२४ चैत्र २०८१, आईतवार १०:३५

काठमाडौं। स्वास्थ्य सेवामा नयाँ उपकरण र विशिष्टीकृत सेवाहरु थप गर्न गइरहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित विभिन्न तहमा कर्मचारीहरु माग गरेको छ ।

नेपाल मेडिकल कलेजले एक सूचना प्रकाशित गरी विशेषज्ञ चिकित्सक सहित कर्मचारीहरु माग गरेको हो ।

सूचना अनुसार कलेजले प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चरर, स्टाफ नर्स, क्याथ ल्याब टेक्निसियन, आइटी असिस्टेन्ट लगायतका पदहरुमा जनशक्ति माग गरेको छ । यस्तैगरी, होस्टल इन्चार्ज, एचआर असिस्टेन्ट, स्टोर असिस्टेन्ट पदहरुमा पनि जनशक्ति माग गरिएको कलेजले जनाएको छ ।

कलेजले पल्मोनोलोजी, ग्याष्ट्रोइन्ट्रोलोजी, एमडिजीपी, प्रसूति तथा स्त्री रोग, क्रिटिकल केयर, फोरेन्सिक मेडिसिन, रेडियोडायग्नोसिस लगायतमा विशेषज्ञ जनशक्ति माग गरेको जनाएको छ ।

केही समयभित्रै कलेजले मुटु रोगको उपचारका लागि क्याथ ल्याब सञ्चालन गर्न गइरहेको छ । विषयगत अध्ययन गरेर कम्तिमा ५ वर्ष क्याथ ल्याबमा काम गरेकाहरुले आवेदन दिन सक्नेछन् ।इच्छुक उम्मेद्वारले चैत्र ३० गतेभित्र आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्