Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

गणतन्त्र दिवसकै दिन आजपाले सिंहदरबार घेराउ गर्ने : प्रभु साह

२६ चैत्र २०८१, मंगलवार १०:५४

काठमाडौं । आम जनता पार्टी (आजपा) ले सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ । नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्ने निष्कर्ष सहित सिंहदरबार घेराउ गर्ने निर्णय आजपाले गरेको छ ।

आजपा केन्द्रीय कार्यालय काठमाडौं, कोटेश्वरमा आज बसेको स्थायी कमिटी बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै आउँदो जेठ १५ गते सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नक्कली गणतन्त्रवादीलाई तह लगाउन सिंहदरबार घेराउ गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र अहिलेको व्यवस्था पूर्णरुपमा असफल भएको बताउदै उनले नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्नुपर्ने बताए ।

यस्तै ओली नेतृत्वको सरकार र दलाल दलतन्त्रको देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । दोस्रो चरणको आन्दोलन अन्तरगत जिल्ला–जिल्लामा सर्वपक्षिय भेलाद्धारा जनआन्दोलन परिचालन समिति गठन गर्दै सरकार र दलाल एवं लुटकारी दलतन्त्र बिरुद्ध भण्डाफोर अभियान सञ्चालन गरिने आजपा महासचिव त्रिभुवन साहले जनाएका छन् ।

गणतन्त्र दिवसकै अवसरमा आगामी जेठ १५ गते नक्कली गणतन्त्रवादी अर्थात दलतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्ने उनले बताए ।

यस्तै बैठकले पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलन अन्तरगतको चैत २४ गतेको काठमाडौंमा भएको प्रदर्शन र सभा उत्साहजनक सहभागितामा सफल भएको निष्कर्ष निकालेको छ । चैत २४ गतेको सभा र विरोध प्रदर्शन व्यापक समर्थन र सहभागितामा सम्पन्न भएको र कार्यक्रमलाई सफल बनाउन भौतिक, आर्थिक, नैतिक सहित सहयोग गर्ने सबैलाई बैठकले धन्यवाद व्यक्त गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

यसैगरी बैठकले पार्टीको हितविपरित कार्य गर्ने र पार्टी विधान, बिचार बिरुद्ध कार्य गर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको छ । दलाल एवं लुटकारी दलतन्त्र बिरुद्ध संघर्ष गर्दै आएको आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, बैदेशिक रोजगार ठगी, सरकारको मनोमानी कर आतंक लगायतका बिरुद्धमा आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्