Trending
देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |    
समाचार

गणतन्त्र दिवसकै दिन आजपाले सिंहदरबार घेराउ गर्ने : प्रभु साह

२६ चैत्र २०८१, मंगलवार १०:५४

काठमाडौं । आम जनता पार्टी (आजपा) ले सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ । नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्ने निष्कर्ष सहित सिंहदरबार घेराउ गर्ने निर्णय आजपाले गरेको छ ।

आजपा केन्द्रीय कार्यालय काठमाडौं, कोटेश्वरमा आज बसेको स्थायी कमिटी बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै आउँदो जेठ १५ गते सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नक्कली गणतन्त्रवादीलाई तह लगाउन सिंहदरबार घेराउ गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र अहिलेको व्यवस्था पूर्णरुपमा असफल भएको बताउदै उनले नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्नुपर्ने बताए ।

यस्तै ओली नेतृत्वको सरकार र दलाल दलतन्त्रको देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । दोस्रो चरणको आन्दोलन अन्तरगत जिल्ला–जिल्लामा सर्वपक्षिय भेलाद्धारा जनआन्दोलन परिचालन समिति गठन गर्दै सरकार र दलाल एवं लुटकारी दलतन्त्र बिरुद्ध भण्डाफोर अभियान सञ्चालन गरिने आजपा महासचिव त्रिभुवन साहले जनाएका छन् ।

गणतन्त्र दिवसकै अवसरमा आगामी जेठ १५ गते नक्कली गणतन्त्रवादी अर्थात दलतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्ने उनले बताए ।

यस्तै बैठकले पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलन अन्तरगतको चैत २४ गतेको काठमाडौंमा भएको प्रदर्शन र सभा उत्साहजनक सहभागितामा सफल भएको निष्कर्ष निकालेको छ । चैत २४ गतेको सभा र विरोध प्रदर्शन व्यापक समर्थन र सहभागितामा सम्पन्न भएको र कार्यक्रमलाई सफल बनाउन भौतिक, आर्थिक, नैतिक सहित सहयोग गर्ने सबैलाई बैठकले धन्यवाद व्यक्त गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।

यसैगरी बैठकले पार्टीको हितविपरित कार्य गर्ने र पार्टी विधान, बिचार बिरुद्ध कार्य गर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको छ । दलाल एवं लुटकारी दलतन्त्र बिरुद्ध संघर्ष गर्दै आएको आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, बैदेशिक रोजगार ठगी, सरकारको मनोमानी कर आतंक लगायतका बिरुद्धमा आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्