Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

वामपन्थी एकतामा अध्यक्ष दाहालको जोड

२६ चैत्र २०८१, मंगलवार ११:५०

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजित वामपन्थी शक्तिलाई वैचारिक र सांस्कृतिक ढङ्गले एकताबद्ध गर्न प्रगतिशील लेखकहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने बताउनुभएको छ ।

प्रगतिशील लेखक सङ्घको १३ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित कार्यसमितिप्रति आज बधाई ज्ञापन गर्दै उहाँले वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष दाहालले त्यतिबेलाको पार्टी एकता जोगाउन नसके पनि एकताको झण्डा छोड्न हुँदैन भन्नेमा माओवादी प्रष्ट रहेको बताउनुभयो । “माओवादीको केन्द्रीय समितिले वामपन्थी एकताको प्रयास छाड्न हुँदैन भन्ने नीति नै पारित गरेको छ । हिजो विभाजन भएकाले अब एकता असम्भव भनेर सोच्नु माक्र्सवादी चिन्तन हुँदैन”, उहाँले भन्नुभयो ।

कम्युनिष्ट आन्दोलनमा स्थापनाकालदेखि विचारमा बहस, विवाद र सङ्घर्ष हुँदै आएको उल्लेख गर्दै सङ्घर्षका बीचमा नै कम्युनिष्ट आन्दोलनको विकास हुने बताउनुभयो । सोमबार सम्पन्न सम्मेलनले देवीदुवाल क्षेत्रीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्