Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह

२७ चैत्र २०८१, बुधबार ०५:४९

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीको आजको आसभा कार्यक्रममा कार्यकर्ता उतार्न सरकारी इन्धन वितरण भएको विषयमा छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष माग गरेका छन् ।

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सिरहा सदरमुकाममा मंगलबार सम्पन्न एमालेको ११औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा कार्यकर्ता उतार्न इन्धन वितरण गरिएको समाचार बाहिरिएपछि पूर्वमन्त्री साहले यस्तो माग गरेका हुन् । साहले तत्काल अख्तियारले यो विषयमा छानबिन गरी कारबाही गरेर आफ्नो संस्थाको साख जोगाउनुपर्ने सुझाव दिएका छन् ।

यसअघि गत पुस १४ गते प्रधानमन्त्री ओली पर्सामा गएको कार्यक्रमको लागिपनि इन्धन बाँडिएको समाचार आएको थियो । प्रधानमन्त्री ओली पर्साको सखुवाप्रसौनी गाउँपालिकामा जाँदा गाउँगाउँमा तेलको कुपन बाँडिएको समाचार आएको थियो । राज्यको स्रोत र साधन दुरुपयोग गरेर पार्टीको कार्यक्रममा भीड देखाउन यस्तो कार्य गरिनु गलत भएको साहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्