Trending
भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |     विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा     |    
समाचार

एमाले अधिवेशनमा कार्यकर्ता उतार्न सरकारी इन्धन दुरुपयोग गरिएकोबारे अख्तियारले छानबिन गरोस : प्रभु साह

२७ चैत्र २०८१, बुधबार ०५:४९

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सिरहामा प्रधानमन्त्री केपी शर्मा ओलीको आजको आसभा कार्यक्रममा कार्यकर्ता उतार्न सरकारी इन्धन वितरण भएको विषयमा छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष माग गरेका छन् ।

प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा सिरहा सदरमुकाममा मंगलबार सम्पन्न एमालेको ११औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा कार्यकर्ता उतार्न इन्धन वितरण गरिएको समाचार बाहिरिएपछि पूर्वमन्त्री साहले यस्तो माग गरेका हुन् । साहले तत्काल अख्तियारले यो विषयमा छानबिन गरी कारबाही गरेर आफ्नो संस्थाको साख जोगाउनुपर्ने सुझाव दिएका छन् ।

यसअघि गत पुस १४ गते प्रधानमन्त्री ओली पर्सामा गएको कार्यक्रमको लागिपनि इन्धन बाँडिएको समाचार आएको थियो । प्रधानमन्त्री ओली पर्साको सखुवाप्रसौनी गाउँपालिकामा जाँदा गाउँगाउँमा तेलको कुपन बाँडिएको समाचार आएको थियो । राज्यको स्रोत र साधन दुरुपयोग गरेर पार्टीको कार्यक्रममा भीड देखाउन यस्तो कार्य गरिनु गलत भएको साहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्