Trending
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने     |     अमेरिकामा बाढीले १३ जनाको मृत्यु     |     आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना     |     एसीसी यु-१६ : फाइनलमा आज सिंगापुरसँग भिड्दै नेपाल     |     कर्णाली प्रदेशको ३३ अर्बको बजेट बहुमतले पारित     |     भेरीगंगामा चट्याङ लागेर एकको मृत्यु     |     असार ५ देखि बेपत्ता सवारी चालकको शव भेरी नदी किनारमा फेला     |     ग्लोबल आइएमई क्यापिटलको “समुन्नत योजना २” म्युचुअल फन्ड असार २२ गतेदेखि निष्काशनमा , सस्तो, सुरक्षित…     |     बेलायती कम्पनीहरूलाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह     |     सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला     |    
समाचार

देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छः डा. प्रकाशचन्द्र लोहनी

८ आश्विन २०८१, मंगलवार १३:०८

८ असोज, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आर्थिक रुपले संकटमा जाने अवस्थामा रहेको बताएका छन्  ।

मङ्गलवार पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष लोहनीले देश आर्थिक रुपमा संकटको अवस्थामा रहेको बताएका छन् । उनले देशको अवस्था कर्मचारीलाई तलव दिन पुग्ने समेत नरहेको भन्दै विकासका काम गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले  ठूला राजनीतिक दलहरुले देशलाई माग्नेको स्थितिमा पुर्याएको बताएका छन् ।

उनले देशको यस्तो अवस्थामा परिवर्तन वर्तमान शिर्ष राजनीतिक दलका नेताहरुबाट हुन नसक्ने बताउदै उनले नेताहरु भ्रष्टाचारमा लिप्त भएर एक अर्कालाई बचाउन लागेका भन्दै उनीहरुबाट देशको अवस्था रुपान्तरण हुन नसक्ने बताए । उनले देशको वर्तमान अवस्थालाई परिवर्तन गर्नका लागि व्यवस्थाकै परिवर्तन गर्नुपर्ने र  त्यसका लागि संविधान नै परिवर्तन गर्नुपर्ने बताएका छन्  ।

उनले भने, ‘जनतालाई गर्नुपर्ने लगानीको खर्च घटेर गयो । फाल्तु खर्च, साधारण खर्च, टिएडिए खर्च, प्रशासन खर्च व्यापक बढेर गयो । त्यसले गर्दा नेपालीहरुले पठाएको राजस्वबाट नेपालले विकास गर्ने मौका थियो, त्यो मौका खेर गयो । त्यो मौकाको उपयोग भएन । जसले गर्दाखेरी आज यो सरकारलाई कर्मचारीको तलव दिन पनि पुग्ने अवस्था छैन ।

अनि कहाँबाट ल्याउने ? अनि कहाँबाट बिकासका लागि ल्याउने ? माग्ने भएर टोपि थापेर जाने बाहेक के छ ? अरु देशहरुले देखेका छन् हाम्रो स्थिति । अरु देशहरुले बुझेका छन् । १९७० को दशकमा बंगलादेशलाई भन्थे, यो संसारको माग्ने हो भन्थे त्यही माग्नेको स्थितिमा हामीलाई यिनीहरुले पु¥याएका छन् । यो यथार्थतालाई हामीले बताउनुपर्छ ।

यसलाई परिवर्तन गर्नलाई श्री ३ हरुबाट हुँदैन । किनभने यिनीहरु यति भ्रष्टाचारमा लिप्त भएका छन्, एकले अर्कालाई बचाउनपट्टि लाग्छन् । अन्यथा गर्न सक्दैनन् यिनीहरुले । आजैको आन्दोलन हेर्नुस् त, सहकारीकै हेर्नुस् कि बालमन्दिरको । आज अखबारमा आएको छ । राप्रपाले त आफ्नो दृष्टिकोण बढो स्पष्ट पारेको छ । सहकारीमा राप्रपाको एकजना माननीय पनि त पर्नु भएको थियो नि ।

राप्रपा नै त्यस्तो पार्टी हो जसले लेखेर वक्तव्य दिएर के भन्यो भने यदि सहकारीमा हाम्रा कुनै माननीय कसैले बद्मास गर्नुभएको छ भने त्यसमा कारबाही गर्नुस्, हाम्रो सहयोग रहन्छ भनेर । अरु पार्टीले के गरिरहेका छन्, त्यही कुरामा । र शासन गर्ने पार्टी के गरेर बसेको छ ? चल्न सकेको छैन । त्यसैले भ्रष्टाचार यहाँ नियन्त्रण हुँदैन । देश संकटमा जाने भनेको यहीँ हो ।

प्रतिक्रिया दिनुहोस्