Trending
रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |    
समाचार

देश आर्थिक रुपले संकटमा जाने अवस्थामा छः डा. प्रकाशचन्द्र लोहनी

८ आश्विन २०८१, मंगलवार १३:०८

८ असोज, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टीको पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देश आर्थिक रुपले संकटमा जाने अवस्थामा रहेको बताएका छन्  ।

मङ्गलवार पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान अध्यक्ष लोहनीले देश आर्थिक रुपमा संकटको अवस्थामा रहेको बताएका छन् । उनले देशको अवस्था कर्मचारीलाई तलव दिन पुग्ने समेत नरहेको भन्दै विकासका काम गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले  ठूला राजनीतिक दलहरुले देशलाई माग्नेको स्थितिमा पुर्याएको बताएका छन् ।

उनले देशको यस्तो अवस्थामा परिवर्तन वर्तमान शिर्ष राजनीतिक दलका नेताहरुबाट हुन नसक्ने बताउदै उनले नेताहरु भ्रष्टाचारमा लिप्त भएर एक अर्कालाई बचाउन लागेका भन्दै उनीहरुबाट देशको अवस्था रुपान्तरण हुन नसक्ने बताए । उनले देशको वर्तमान अवस्थालाई परिवर्तन गर्नका लागि व्यवस्थाकै परिवर्तन गर्नुपर्ने र  त्यसका लागि संविधान नै परिवर्तन गर्नुपर्ने बताएका छन्  ।

उनले भने, ‘जनतालाई गर्नुपर्ने लगानीको खर्च घटेर गयो । फाल्तु खर्च, साधारण खर्च, टिएडिए खर्च, प्रशासन खर्च व्यापक बढेर गयो । त्यसले गर्दा नेपालीहरुले पठाएको राजस्वबाट नेपालले विकास गर्ने मौका थियो, त्यो मौका खेर गयो । त्यो मौकाको उपयोग भएन । जसले गर्दाखेरी आज यो सरकारलाई कर्मचारीको तलव दिन पनि पुग्ने अवस्था छैन ।

अनि कहाँबाट ल्याउने ? अनि कहाँबाट बिकासका लागि ल्याउने ? माग्ने भएर टोपि थापेर जाने बाहेक के छ ? अरु देशहरुले देखेका छन् हाम्रो स्थिति । अरु देशहरुले बुझेका छन् । १९७० को दशकमा बंगलादेशलाई भन्थे, यो संसारको माग्ने हो भन्थे त्यही माग्नेको स्थितिमा हामीलाई यिनीहरुले पु¥याएका छन् । यो यथार्थतालाई हामीले बताउनुपर्छ ।

यसलाई परिवर्तन गर्नलाई श्री ३ हरुबाट हुँदैन । किनभने यिनीहरु यति भ्रष्टाचारमा लिप्त भएका छन्, एकले अर्कालाई बचाउनपट्टि लाग्छन् । अन्यथा गर्न सक्दैनन् यिनीहरुले । आजैको आन्दोलन हेर्नुस् त, सहकारीकै हेर्नुस् कि बालमन्दिरको । आज अखबारमा आएको छ । राप्रपाले त आफ्नो दृष्टिकोण बढो स्पष्ट पारेको छ । सहकारीमा राप्रपाको एकजना माननीय पनि त पर्नु भएको थियो नि ।

राप्रपा नै त्यस्तो पार्टी हो जसले लेखेर वक्तव्य दिएर के भन्यो भने यदि सहकारीमा हाम्रा कुनै माननीय कसैले बद्मास गर्नुभएको छ भने त्यसमा कारबाही गर्नुस्, हाम्रो सहयोग रहन्छ भनेर । अरु पार्टीले के गरिरहेका छन्, त्यही कुरामा । र शासन गर्ने पार्टी के गरेर बसेको छ ? चल्न सकेको छैन । त्यसैले भ्रष्टाचार यहाँ नियन्त्रण हुँदैन । देश संकटमा जाने भनेको यहीँ हो ।

प्रतिक्रिया दिनुहोस्