Trending
देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |    
समाचार

‘कर्मा’- विपीन कार्की र सौरभ चौधरी

२७ चैत्र २०८१, बुधबार ०९:२८

काठमाडौं। अभिनेता विपीन कार्की आफ्नो कम्फर्ट जोन छोडेर पहिलोपटक एक्सन सिनेमामा देखिँदैछन् । ‘कर्मा’मा उनी पहिलोपटक एक्सन भूमिकामा देखिँदैछन् ।

सोसल ड्रामामा काम गर्दै आएका विपीन पहिलोपटक एक्सनमा काम गर्न कसरी तयार भए ? निर्देशक सौरभ चौधरीको पहिलो अफरमै उनले एक्सन भूमिकामा काम गर्न विपीन तयार भएका थिए । नयाँ नयाँ स्टोरी र जनरमा काम गर्न रुचाउने विपीनले एक्सनमा काम गर्न सहजै तयार भएका थिए । ‘कर्मा’का लागि विपीनले तौल घटाउने, जिम जानेसम्मको काम गरेका थिए ।

निर्देशक सौरभ चौधरी नेपाली एक्सन सिनेमालाई लिएर फरक धारणा राख्छन् । उनी एक्सन सिनेमाको भाष्य नै बदल्न चाहन्छन् । नेपाली चलचित्रमा मुस्किलले तीनदेखि चारवटा एक्सन सिक्वेन्स हुने र त्यसैलाई चलचित्र भनेर भन्ने गरिएको उनी बताउँछन् ।

“कुनै चलचित्रमा एक्सन सिक्वेन्स छ । तर, समग्रमा त्यो चलचित्रलाई इमोसनले ड्राइभ गरेको छ भने त्यो चलचित्रलाई एक्सन भन्ने कि सोसल ड्रामा ?,” उनको प्रश्न छ । एक्सन सिनेमा भन्ने हो भने त्यसमा एक्सनको सिक्वेन्स पनि त्यहीअनुसार हुनुपर्नेमा उनको जोड छ ।

साढे दुई घण्टाको चलचित्रमा २० मिनेट फाइटको सिन भए त्यसलाई एक्सन सिनेमा भन्ने कि नभन्ने बहसको विषय भएको उनको तर्क छ । चैत २९ गते रिलिज हुने सिनेमाको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । वसन्त लम्सालको लगानी रहेको ‘कर्मा’ मा सञ्जय लामाको छायांकन, उत्तम न्यौपानेको ब्याकग्राउन्ड स्कोर र साउन्ड डिजाइन छ । चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्