Trending
भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |     विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा     |    
खेलकुद

युएस वर्ड क्लास तेक्वान्दो हलिउडले ३० औँ वार्षिक उत्सव मनाउँदै

२७ चैत्र २०८१, बुधबार ०९:३३

काठमाडौं। युएस वर्ड क्लास (युएसडब्लुसी) तेक्वान्दो– हलिउडले आफ्नो स्थापनाको ३०औ वार्षिक उत्सव मनाउने तयारी गरेको छ । युएसडब्लुसी तेक्वान्दो हलिउड नेपाली तेक्वान्दो प्रशिक्षक ग्राण्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको ओरिगन राज्यको पोर्टल्याण्डमा स्थापना गरेका हुन् ।

‘निकै उत्साहित र व्यग्र प्रतीक्षामा छौ । यो तीन दशकको यात्रालाई हामी भव्यरुपमा स्मरण गर्दै छौ ।’ युएस वल्र्ड क्लास तेक्वान्दो हलिउडका सञ्चालक तथा मुख्य प्रशिक्षक महर्जनले भने ।

महर्जनका अनुसार मे महिनाको १६ देखि १८ तारिख तीन दिनसम्म विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइने छ । ‘हाम्रो स्थापना मार्चमा हो, त्यो समयमा मौसम पनि अलिक चिसो हुने र बाहिरबाट आएका पाहुँनाहरुको आतिथ्ययतालाई पनि प्रभाव पार्ने भएकाले मे महिनामा वार्षिक उत्सव मनाउने निर्णय गरेका हौ ।’ उनले भने ।

प्रशिक्षक महर्जनले यस पटकको वार्षिक उत्सवमा अन्तर्राष्ट्रिय सहभागिता हुने बताए । ‘तिसौँ वर्षगाँठ भएकाले पनि विषेश छ, त्यसमा पनि यस पटक अमेरिकाका विभिन्न राज्य र अमेरिका बाहिरबाट पनि पाहुनाहरू आउँदै हुनुहुन्छ ।’ उनले भने, ‘विशेष गरी कोरियाबाट कुकिवान ग्रान्ड मास्टरको सहभागिता हुने छ ।’

वार्षिक उत्सवका लागि कोरिया सहित अष्ट्रेलिया, क्यानडा र नेपालबाट पनि सहभागी हुने छ। प्रशिक्षक महर्जनले शुरुका दुई दिन तेक्वान्दो सेमिनार र डान टेस्ट परीक्षा हुने बताए ।

‘तेक्वान्दोको हेडक्वाटरबाट आउने ग्रान्डमास्टरहरुले सेमिनारमा सबैलाई अपडेट गर्ने छन् र ब्ल्याक वेल्टदेखि माथिका डान टेस्ट परीक्षा पनि हुने छ ।’ महर्जनले भने, ‘त्यस पछि हामीले सांस्कृतिक कार्यक्रम पनि गर्ने छौ, हामी तेक्वान्दो सँगसँगै नेपाली संस्कृतिको संवर्धनमा पनि उत्तिकै सक्रिय छौ ।’ वार्षिक उत्सवमा विभिन्न अवार्ड प्रदान गरिने छ । स्टुडेन्ट अफ मन्थ, ब्याल्कबेल्ट अफ दि इयर, फ्यामेली अफ दि इयर र भोलेन्टियर अफ दि इयर गरी चार अवार्ड वार्षिक उत्सवमामा प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्