Trending
भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |     रास्वपा पदाधिकारीमा सहमतिको प्रयास     |     फिफाले गर्‍यो एन्फालाई निलम्बन     |     ब्राजिल र मोरक्को नकआउट चरणमा, स्कटल्यान्डको सम्भावना कायमै     |     दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा     |     रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |     विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा     |    
समाचार

आन्दोलनरत सिनियर अहेब, सिनियर अनमीको माग यथासिघ्र सम्बोधन गर्न प्रभु साहको आग्रह

२८ चैत्र २०८१, बिहीबार ०९:४३

काठमाडौं आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आन्दोलनरत सिनियर अहेब, सिनियर अनमीको माग सम्बोधन गर्न माग गरेका छन् ।

ढिलाई, आलटाल नगरी आन्दोलनरत पक्षसंग वार्ता, सम्बाद गरी यथासिघ्र माग सम्बोधन गर्न उनले आग्रह गरेका छन् ।

सिंहदरबारमा आज सञ्चारकर्मीसंग कुराकानी गर्दै अध्यक्ष साहले मधेस प्रदेशको राजधानी जनकपुरमा आन्दोलनरत सिनियर अहेब, सिनियर अनमीको माग यथासिघ्र सम्बोधन गरी काम गर्ने वातावरण बनाउन माग गरेका हुन् ।

‘प्रदेश सरकारको कार्यशैली ठिक भएन् । कर्मचारीहरु हप्तौदेखी धर्ना सहित आन्दोलनमा हुँदा उनीहरुको मागको बारेमा छलफल गरी समाधान गर्नुपथ्र्यो । तर सरकार सुनेर, बुझेर पनि सुतेजस्तो गर्छ । यो ठिक होईन् ।

आन्दोलनरत ति सिनियर अहेब, सिनियर अनमीको कुनै नयाँ माग होईन् । पुरानै माग रहेको छ, जुन उनीहरुले पाउँनुपर्छ । उनीहरुको हकअधिकारकै कुरा हो । सरकारले यथासिघ्र वार्ता, छलफल गरेर समाधान गर्नुपर्छ । काम गर्ने वातावरण बनाउनुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।

सरकार उनीहरुको माग सम्बोधनमा ढिलाई गरेकाले सर्वसधारणको सेवा समेत प्रभावित भएको छ । सरकारले यि सबै कुरा बुझेर छिटै आन्दोलरत पक्षसंग वार्ता, सम्बाद गरेर अगाडी बढनुपर्ने सुझाव साहको रहेको छ ।

मधेस प्रदेशको आठ वटै जिल्लाका सिनियर अहेब, सिनियर अनमीहरु संघर्ष समिति गठन गरी विगत दुई सातादेखी आन्दोलनमा छन् । विगतदेखी पाउँदै आइरहेको २ तह स्तरबृद्धि पाउँनुपर्ने माग उनीहरुको छ ।

नेपाल स्वास्थ्य सेवा ऐन २०५३ बमोजिम बिगतदेखी पाउँदै आएको सो सेवा प्रदेश सरकार तथा गठित सुझाव समिति गम्भिर नदेखिएकाले आफूहरुले संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएको सिनियर अहेब, सिनियर अनमीहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्