Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

सुनको मूल्यमा फेरि अर्को नयाँ ऐतिहासिक रेकर्ड

२९ चैत्र २०८१, शुक्रबार ०६:५०

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेको हो ।

यससँगै छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १०० रुपैयाँ कायम थियो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९०० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९०५ रुपैयाँ पुगेको हो। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको प्रभाव परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्