Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

बागमतीमा यातायात राजस्व भुक्तानी विद्युतीय माध्यमबाट हुने

२९ चैत्र २०८१, शुक्रबार ११:३३

हेटौँडा। बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले राजस्व भुक्तानी अब विद्युतीय माध्यमबाट हुने जानकारी दिए।

यातायात व्यवस्था कार्यालय हेटौँडाको निरीक्षण गर्दै उहाँले सेवाग्राहीलाई लाइनमा बस्ने झन्झट हटाउन कानुनी सुधार भइरहेको बताए। सवारी कर तथा बिलबुक नवीकरण मन्त्रालयको वेबसाइटमार्फत गर्न सकिने र सवारी चालक अनुमतिपत्र ‘नागरिक एप’मा देखिने व्यवस्था कार्यान्वयनमा रहेको मन्त्री महर्जनले जानकारी दिए।

ट्राफिक नियम उल्लङ्घनमा एपकै क्यूआर कोड स्क्यान गरी जरिवाना तिर्ने व्यवस्था गरिएको छ। आवेदन प्रक्रिया राष्ट्रिय परिचयपत्रसँग जोड्ने नयाँ प्रणालीको कार्यविधि अन्तिम चरणमा पुगेको छ। निरीक्षणका क्रममा मन्त्रीले कर्मचारी तथा सेवाग्राहीसँग अन्तरक्रिया गर्दै सेवा सुधारमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्