Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
समाचार

बागमतीमा यातायात राजस्व भुक्तानी विद्युतीय माध्यमबाट हुने

२९ चैत्र २०८१, शुक्रबार ११:३३

हेटौँडा। बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले राजस्व भुक्तानी अब विद्युतीय माध्यमबाट हुने जानकारी दिए।

यातायात व्यवस्था कार्यालय हेटौँडाको निरीक्षण गर्दै उहाँले सेवाग्राहीलाई लाइनमा बस्ने झन्झट हटाउन कानुनी सुधार भइरहेको बताए। सवारी कर तथा बिलबुक नवीकरण मन्त्रालयको वेबसाइटमार्फत गर्न सकिने र सवारी चालक अनुमतिपत्र ‘नागरिक एप’मा देखिने व्यवस्था कार्यान्वयनमा रहेको मन्त्री महर्जनले जानकारी दिए।

ट्राफिक नियम उल्लङ्घनमा एपकै क्यूआर कोड स्क्यान गरी जरिवाना तिर्ने व्यवस्था गरिएको छ। आवेदन प्रक्रिया राष्ट्रिय परिचयपत्रसँग जोड्ने नयाँ प्रणालीको कार्यविधि अन्तिम चरणमा पुगेको छ। निरीक्षणका क्रममा मन्त्रीले कर्मचारी तथा सेवाग्राहीसँग अन्तरक्रिया गर्दै सेवा सुधारमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्