Trending
देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |    
समाचार

चितवनमा दिपल ईभीको औपचारिक बिक्री सुरु

२९ चैत्र २०८१, शुक्रबार ११:४२

चितवन। नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले चितवनमा ‘दिपल ईभी’ को औपचारिक बिक्री सुरु गरेको छ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठ, एमएडब्लू वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया, राजहंस अटोमोबाइलका निर्देशक दीलिप थानेत लगायतले दिपल एस०७ एल र दिपल ई०७ सार्वजनिक गरे।

एमएडब्लूका सीईओ रुपेश भट्ट शर्माले एक वर्षमै ८ सयभन्दा बढी दिपल ईभी बिक्री भइसकेको जानकारी दिँदै यसको प्रविधि र डिजाइनले ग्राहकको मन जितेको बताए।

चितवनका लागि नयाँ शोरुम खोलेसँगै बिहीबारदेखि तीन दिनको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प सुरु भएको छ। क्याम्पमा ग्राहकले २०% डाउनपेमेन्टमा गाडी खरिद, ७ किलोवाट चार्जर, आकर्षक छुट, एक्सचेन्ज बोनस र उपहार प्राप्त गर्न सक्नेछन्।

दिपल ईभीमा वेलकम सिट, सनफ्लावर टचस्क्रिन, एआर हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोलजस्ता १५ भन्दा बढी नयाँ फिचरहरू छन्, जसले यसलाई नेपाली ईभी बजारमा लोकप्रिय बनाएको छ।

प्रतिक्रिया दिनुहोस्