Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

२९ चैत्र २०८१, शुक्रबार ११:५३

काठमाडौं। लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३२ बस्ने दोलखा गौरीशंकर गाउँपालिका-८ घर भएका ६९ वर्षीय यक्षध्वज कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०७९ असार २८ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं नयाँबानेश्‍वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्