Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

गुरूङ वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा निर्वाचित

३० चैत्र २०८१, शनिबार ०३:३६

काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ (नेवरेस)को अध्यक्षमा भुवनसिंह गुरूङ ६१ मतान्तरले विजयी हुनुभएको छ। गुरूङले ४२८ र प्रतिस्पर्धी नरेश गेलालले ३६७ मत प्राप्त गरेका छन्।

गुरूङ सङ्घका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरूङ म्यानेजमेन्ट प्रालिका सञ्चालक रहेका छन्। अन्य निर्वाचित पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, तृतीय उपाध्यक्ष बैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत (४२३ मत), सचिव कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्ष धनमाया सिञ्जाली रहेका छन्।

सदस्यमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे र विद्यालक्ष्मी बज्राचार्य विजयी भएका हुन्।

प्रतिक्रिया दिनुहोस्