Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

गुरूङ वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा निर्वाचित

३० चैत्र २०८१, शनिबार ०३:३६

काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ (नेवरेस)को अध्यक्षमा भुवनसिंह गुरूङ ६१ मतान्तरले विजयी हुनुभएको छ। गुरूङले ४२८ र प्रतिस्पर्धी नरेश गेलालले ३६७ मत प्राप्त गरेका छन्।

गुरूङ सङ्घका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरूङ म्यानेजमेन्ट प्रालिका सञ्चालक रहेका छन्। अन्य निर्वाचित पदाधिकारीहरूमा प्रथम उपाध्यक्ष सुजित कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, तृतीय उपाध्यक्ष बैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत (४२३ मत), सचिव कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्ष धनमाया सिञ्जाली रहेका छन्।

सदस्यमा रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरूङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे र विद्यालक्ष्मी बज्राचार्य विजयी भएका हुन्।

प्रतिक्रिया दिनुहोस्