Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
समाचार

तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा

३० चैत्र २०८१, शनिबार १०:१६

पाटन। तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी आठ वर्षीया छोरीलाई नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले कीर्तिपुरको ल्याबोरेटरी स्कुलमा कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने प्रतिबद्धता जनाए ।

श्रेष्ठले पीडित परिवारको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि मानवीय आधारमा यस्तो व्यवस्था गरिएको जानकारी दिए । विद्यालय प्रशासन र कीर्तिपुर नगरपालिकासँग समन्वय गरेर पढाइको व्यवस्था मिलाइएको हो।

नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्र र मानव अधिकार आयोगकी आयुक्त लीली थापाले पनि पीडित परिवारको बारेमा जानकारी गराउँदै सहयोगको अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्