Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
समाचार

लागुऔषधसहित १७ जना पक्राउ

३१ चैत्र २०८१, आईतवार १०:००

काठमाडौँ। लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौँ, ललितपुर, मकवानपुर, सुनसरी, कैलाली, तेह्रथुमलगायत जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित १७ जना पक्राउ परेका हुन् ।

काठमाडौँ महानगरपालिका–१३ बाफलबाट नागार्जुन नगरपालिका–७ हसनटार बस्ने लमजुङ बेँसीसहर नगरपालिका–२ घर भएका ३० वर्षीय सन्दिप बोहरा, ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थितबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद रु ९० हजारसहित मोरङ बेलवारी नगरपालिका–८ घर भई काठमाडौँ कपन बस्ने २० वर्षीया प्रमिला तामाङ र विराटनगर महानगरपालिका–११ घर भई काठमाडौँ पुरानो बानेश्वर बस्ने २१ वर्षीय सोनाम साह पक्राउ परेका प्रहरीले जनाएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ बाट धनुषा महेन्द्रनगर घर भई बारा जीतपुरसिमरा उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय जुनेत अन्सारीसहित तीन जना पक्राउ परेका छन् ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१७ बिजला टोलबाट सोही ठाउँका २४ वर्षीय अभिषेककुमार चौधरी र रामधुनी नगरपालिका–३ बस्ने २२ वर्षीय मनिष तामाङ, भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट सोही ठाउँका १४ वर्षीय किशोर पक्राउ परेका इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ लाक्चाम टोलबाट म्याङलुङ–८ कोबेकका १८ वर्षीय किशोर पक्राउ परेका प्रहरी चौकी जिरीखिम्तिले जनाएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट गोदावरी नगरपालिका–१० बस्ने २३ वर्षीय महेश बोगटी, धनगढी उपमहानगरपालिका–२ बाट कञ्चनपुर कृष्णपुर नगरपालिका–७ बस्ने २९ वर्षीय मनोज राना र २९ वर्षीय सोहन राना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गौरीगङ्गा नगरपालिका–३ कुचैनीबाट सोही स्थानका १५ वर्षीय किशोर, धनगढी–२ बाट गोदावरी–२ बस्ने २१ वर्षीय अमिश सार्की, जानकी गाउँपालिका–३ बाट सोही स्थानका २७ वर्षीय भुवन कठरिया र २२ वर्षीय राकेश डगौरा थारू पक्राउ परेका प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्