Trending
घुससहित रंगेहात पक्राउ परे काठमाडौं महानगरका लेखा अधिकृत     |     मन्त्रालयले खटाएका कर्मचारीलाई हाजिर गर्न नदिएपछि खोसियो निमित्तको आर्थिक अधिकार     |     विदेशका स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० नेपालीको उद्धार, कम्बोडियाको जेलमा अझै ४९ जना     |     वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै     |     मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता     |     मन्त्रिपरिषद्को बैठक: यस्ता छन् निर्णयहरु     |     शिक्षा र स्वास्थ्यमा कर नलगाउने प्रधानमन्त्रीको घोषणा, अर्थमन्त्रीसँग परामर्शपछि निर्णय     |     स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि     |     लोकदोहोरी अवार्ड : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक     |     धादिङमा आज राति १० बजेदेखि सबै सवारी साधन चलाउन रोक     |    
कला र मनोरन्जन

बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ ओटिटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज

१ बैशाख २०८२, सोमबार ११:२८

काठमाडौं – नेपालकै अग्रणी ओटिटी प्लेटफर्म ‘सिनेमाघर’ले नयाँ वर्ष २०८२ को पावन अवसर पारेर दुई ब्लकबस्टर चलचित्रहरू ‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ रिलिज गरेको छ ।

नेपालमा हलमा हेर्न नपाएका र विदेशमा रहने नेपालीहरूलाई लक्षित गरी रिलिज भएका यी दुवै चलचित्रले नेपाली समाजका गहिरा सामाजिक पक्षहरूलाई उजागर गरेका छन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको ‘बोक्सीको घर’ चलचित्रले नेपाली समाजमा विद्यमान ‘बोक्सी’ भन्ने कुप्रथालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ । चलचित्रमा अभिनेत्री केकी अधिकारीले मुख्य भूमिका निर्वाह गरेकी छन्, जसमा उनले बोक्सीको आरोप खेप्नुपरेकी एक महिलाको पीडादायी अनुभवलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन् । यो चलचित्र २०८१ वैशाख १४ गते हलमा प्रदर्शनमा आएको थियो र ५१ औँ दिनसम्म प्रदर्शनमा रही व्यावसायिक रूपमा सफल भएको थियो । यस चलचित्रमा बालविवाह भएकी बालिका, उनीमाथि लागेको बोक्सीको आरोप, पिपलको रुखलाई प्रयोग गरेर बोक्सीको आरोप लगाइएकी महिला पात्र, र समाजले गर्ने शोषणको कथालाई मुख्य विषय बनाइएको छ ।

यस्तै, उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘मनसरा’ चलचित्रले ग्रामीण जीवनको संवेदनशील पक्षहरूलाई उजागर गरेको छ । यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान, र प्रवीण खतिवडाले मुख्य भूमिका निर्वाह गरेका छन् । यो चलचित्र २०८१ साल वैशाख २१ गते हलमा रिलिज भएको थियो । यस चलचित्रमा काठ क्षेत्रका गरिखाने वर्ग र उनीहरूको सम्बन्धको आयामलाई देख्न सकिन्छ ।

‘सिनेमाघर’ नेपालकै अग्रणी ओटिटी प्लेटफर्म हो, जसले नेपाली चलचित्रहरूलाई डिजिटल माध्यमबाट दर्शकहरूसम्म पुर्‍याउने कार्य गर्दै आएको छ । यस प्लेटफर्मले नेपाली चलचित्र उद्योगलाई डिजिटल युगमा प्रवेश गराउने महत्त्वपूर्ण भूमिका खेलेको छ ।

सिनेमाघरको एप एन्ड्रोइड र आइओएस मोबाइलहरू, स्मार्ट टिभीमा उपलब्ध छ भने ल्यापटप तथा डेस्कटपमा वेब ब्राउजरमार्फत प्रयोग गर्न सकिन्छ । यसमा चलचित्र हेर्न चाहने दर्शकले संसारभरबाट मास्टर कार्ड तथा भिसा कार्ड प्रयोग गरी एवम् नेपाल तथा भारतबाट सरल रूपमा विभिन्न डिजिटल वालेटहरू तथा क्युआर कोड भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्