Trending
सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |     १७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती     |     बालेनसँग छलफलमा बाबुराम भट्टराई पनि पुगे     |     रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने     |     राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २३ देखि     |    
कला र मनोरन्जन

याम शेर्पाले गरे चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा थिम पोस्टरसहित यामले गरे ‘मिरमिरे’ निर्माणको घोषणा

१ बैशाख २०८२, सोमबार ११:३५

काठमाडौं । चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक याम शेर्पाले नयाँ सिनेमा निर्माणको घोषणा गरेका छन् । उनले चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा गरेका हुन् ।

शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा समेत गरेका छन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन् ।

सूर्यको पहिलो किरणसँगै केही योजना बनाएर केही नयाँ कामको सुरुवातको तयारी गरिरहेको थिम पोस्टरले संकेत गरेको छ । पोस्टरले बिहानीसँगै नयाँ संकल्प गरेको संकेत गरे पनि पात्रको उद्देश्य के हो र के गर्न खोजिरहेका छन् भन्ने प्रष्ट पारिएको छैन ।

चलचित्रको निर्देशन याम शेर्पाले गर्नेछन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेख्नेछन् । निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानी रहने चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

नयाँ वर्ष २०८२ मा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन ।

कलाकारबारे निर्माणपक्षले जानकारी दिएको छैन । केही समयपछि चलचित्रमा कोको कलाकार रहने जानकारी दिँदै जाने निर्देशक शेर्पाले बताए ।

“हाम्रो चलचित्र सामाजिक विषयवस्तुमा आधारित रहेर बन्नेछ,” निर्देशक शेर्पाले भने, “कोको कलाकार रहने हामी विस्तारै जानकारी दिँदै जानेछौँ ।”

शेर्पाले ‘कार्साङ’मा भएका कमिकमजोरीबाट पाठ सिक्दै दर्शकले खोजे र चाहेजस्तै सिनेमा बनाउने प्रतिबद्धता जनाएका छन् । उनले ‘कार्साङ’मा जस्तै ‘मिरमिरे’मा पनि दर्शकको साथ रहने अपेक्षा गरेका बताए ।

प्रतिक्रिया दिनुहोस्