Trending
मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |    
कला र मनोरन्जन

याम शेर्पाले गरे चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा थिम पोस्टरसहित यामले गरे ‘मिरमिरे’ निर्माणको घोषणा

१ बैशाख २०८२, सोमबार ११:३५

काठमाडौं । चलचित्र ‘कार्साङ’ फेम्ड निर्देशक याम शेर्पाले नयाँ सिनेमा निर्माणको घोषणा गरेका छन् । उनले चलचित्र ‘मिरमिरे’ निर्माणको घोषणा गरेका हुन् ।

शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा समेत गरेका छन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन् ।

सूर्यको पहिलो किरणसँगै केही योजना बनाएर केही नयाँ कामको सुरुवातको तयारी गरिरहेको थिम पोस्टरले संकेत गरेको छ । पोस्टरले बिहानीसँगै नयाँ संकल्प गरेको संकेत गरे पनि पात्रको उद्देश्य के हो र के गर्न खोजिरहेका छन् भन्ने प्रष्ट पारिएको छैन ।

चलचित्रको निर्देशन याम शेर्पाले गर्नेछन् । चलचित्रको कथा पनि निर्देशक स्वयंले लेख्नेछन् । निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानी रहने चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

नयाँ वर्ष २०८२ मा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन ।

कलाकारबारे निर्माणपक्षले जानकारी दिएको छैन । केही समयपछि चलचित्रमा कोको कलाकार रहने जानकारी दिँदै जाने निर्देशक शेर्पाले बताए ।

“हाम्रो चलचित्र सामाजिक विषयवस्तुमा आधारित रहेर बन्नेछ,” निर्देशक शेर्पाले भने, “कोको कलाकार रहने हामी विस्तारै जानकारी दिँदै जानेछौँ ।”

शेर्पाले ‘कार्साङ’मा भएका कमिकमजोरीबाट पाठ सिक्दै दर्शकले खोजे र चाहेजस्तै सिनेमा बनाउने प्रतिबद्धता जनाएका छन् । उनले ‘कार्साङ’मा जस्तै ‘मिरमिरे’मा पनि दर्शकको साथ रहने अपेक्षा गरेका बताए ।

प्रतिक्रिया दिनुहोस्